नेपाली सेनाद्वारा विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण

 सोमवार, मंसिर २०, २०७८ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ स्थित महाकाली आधारभूत विद्यालय मुडाजोरमा अध्ययनरत ६५ जना विद्यार्थीहरुलाई श्री नयाँ गोरख गणले ट्रयाकसुट वितरण गरेको छ । नेपालकै अल्पसंख्यक हायु समुदायको विद्यार्थीहरुको बाहुल्यता रहेको त्यस विद्यालयमा वडा अध्यक्ष, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, प्राधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा नयाँ गोरख गणका गणपति प्रमुख सेनानी बिष्णु सापकोटाले ट्रयाकसुट वितरण गरेका हुन् ।
रामेछाप जिल्लामा लोपोन्मुख हायु भाषा तथा संस्कृतिको जगेर्ना गर्ने कार्यमा समेत नेपाली सेनाले सहयोग गर्दै आएको छ । नेपाली सेनाका यस्ता कार्यले सैनिक र जनताबीचको सम्बन्ध अझै राम्रो बन्ने तथा नेपाली सेनाले दुःखमा साथ दिन्छ भन्ने विश्वास बढाएको विद्यालयका प्राधानाध्यापक, शिक्षक तथा स्थानीय अभिभावकहरुको भनाई छ ।

Share this

प्रतिकृया

Add