जगदीश घिमिरे साहित्यिक पुरस्कार आख्यानकार सापकोटालाई

 बुधबार, पुस ७, २०७८ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


रामेछाप । साहित्यकार, लेखक, समाजसेवि तथा पत्रकार स्वर्गीय जगदीश घिमिरेको सम्झनामा जगदीश घिमिरे प्रतिष्ठानले स्थापना गरिएको जगदीश घिमिरे साहित्यिक पुरस्कर आख्यानकार ध्रुव सापकोटालाई प्रदान गरिएको छ ।
बिगत ५ बर्षदेखि नेपाली भाषा साहित्यको साधनामा सक्रियतापूर्वक लागिरहेका सापकोटालाई पुरस्कार प्रदान गरिएको जगदीश घिमिरे प्रतिष्ठानले जनाएको छ । रामेछापको सदरमुकाम मन्थलीमा जगदीश घिमिरेको सम्झनामा आठौं साहित्यिक कार्यक्रमको आयोजना गरि संस्थाकी अध्यक्ष दुर्गा घिमिरेले उक्त पुरस्कार प्रदान गरेकी हुन् ।
पुरस्कार वितरण कार्यक्रममा बोल्ने अधिकांश बक्ताले जगदीश घिमिरेको साहित्यिक र उनले गरेका विकासको बारेमा चर्चा गरेका थिए । विभिन्न बिधामा सकृय व्यक्तित्वलाई वार्षिक रुपमा प्रदान गर्दै आएको जगदीश घिमिरे साहित्यिक पुरस्कारको राशी एकाउन्न हजार रुपैयाँ रहेको छ ।

Share this

प्रतिकृया

Add