नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
सन्तोष ढुङ्गेल
रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकमा वृद्धवृदा, अशक्त र विपन्न वर्गलाई लक्षित गरि निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो । शल्याक्रियामा तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ डाक्टर सन्दूक रुइतको नेतृत्वमा चिकित्सक टोली ३० जना र स्थानीय स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
जब डाक्टर सन्दुक रुइत हातमा लाइट बोकेर चौरमा घाम तापेर बसिरहेका शल्यक्रिया गरेका बिरामी माझ पुगे । लाइट बाल्दै आफैंले शल्यक्रियापछि लगाइएको पट्टी खोलिदिए, अनि एकसाथ मिठो मुस्कान साथ सबैले ताली पिटे । त्यो मुस्कान थियो वृद्ध÷वृद्धालाई बुढेसकालमा पाएको नेत्र ज्योतिको । नेत्र ज्यो पाएपछि रमाउने एक वृद्धा थिए तोयानाथ ढुङ्गेल । देब्रे आँखामा पट्टी लगाएका ७० वर्षिय तोयानाथ आँखा देखेकोमा खुशी हुँदै भने बुढेसकालमा कष्टकर जीवन जिउनु पर्नेभयो भन्ने लागेको थियो डाक्टर सन्दुक भगवान भएर गाउँमै आउनु भयो र मलाई दृष्टि दिनु भयो । लौरो टेक्दै र भित्ताको साहारामा हिँड्न बाध्य ढुङ्गेल काठमाडौं पटक–पटक उपचार गरेपनि निको हुन सकेको थिएन । जति खर्च गरेँ पनि पीडा उस्तै थियो । तर अहिले निःशुल्क उपचार गर्न पाएँ, खुसी छु सन्दुक रुइत हाम्रो लागि डाक्टर मात्र हैन भगवान नै बनेर आउनुभयो तोयानाथले हर्षित हुँदै भने ।
शिविरमा तोयानाथ जस्तै मोतियाविन्दुको शल्यक्रिया गरेका सयौं ब्यक्तिहरु एउटा आँखामा पट्टी लगाएर बसिरहेका थिए । त्यो सबै डाक्टर सन्दुक रुइतले शिबिरमा प्रत्यारोपण गरेका दृष्टि थिए ।
दुई सयदेखि तीन सय जनासम्म आँखाका बिरामीको उपचार गर्ने अनुमान गरेका आयोजक र डाक्टरको टोलीलाई एक छिन सोच्न बाध्य बनायो । कारण थियो उपस्थित मानवसागर । न त्यहाँ कुनै नेता नै आउँदै थिए न कुनै भाषण सुनाउने ब्यक्ति, अझ भनौँ न कसैले प्रलोभन देखाएर ल्याएको भिड नै थियो । बस गाउँपालिकाहरुले व्यवस्थापन गरेका सार्वजनिक बसमा आएका आँखाका रोगी । यति धेरै आँखाका रोगी होलान् भनेर कसैल कल्पना समेत गरेका थिएनन् । यस्तै भिडमा थिइन् दोरम्बा शैलुङ्ग गाउँपालिका–३ डडुवा सुर्केकी ८८ वर्षीय मैती तामाङ । आँखोको ज्योति पुगेपछि मैती तीन महिनादेखि छोराछोरीको साहारामा हिड्ने गर्थिन् । उनलाई दिसापिसाब गर्न जान पनि निकै मुस्किल पर्दथ्यो । आँखा नदेखेपछि सबैले घृणा गर्छन, यतिकै मर्छु होलाजस्तो लागेको थियो मैतीलाई । तर गाउँमै मोतियाविन्दुको शल्यक्रियापछि आँखा देख्ने भएकी मैती भन्छिन् मैले त आँखा देख्छु भन्ने सोचेको पनि थिइन । हाम्रो नेपालमा पनि भगवान जस्तै डाक्टर रहेछन्, हामी भाग्यमानी रहेछौँ मैतीले खुसी ब्यक्ति गरिन ।
मानव संसारको सबैभन्दा महत्वपूर्ण अङ्गको रुपमा रहेको आँखा नदेख्दा संसारै अँध्यारो भएको दोलखा जिल्ला मेलुङ्ग गाउँपालिका–३ का ७० वर्षीय बेतबहादुर तामाङ बताउँछन् । उनी भन्छन्–ठुलो डाक्टर आउँदैछन् भन्ने सुनेर एकदिन लगाएर आएँ । डाक्टर त साँच्चै देश बिदेश कहलिएका रहेछन् । काठमाडौं गएर पचास हजार खर्च गरे तर पनि आँखा देखिन, शहरमा आफन्त नभएकोले खाने र बस्ने ठाउँकै समस्या हुन्थ्यो । अहिले त निःशुल्क उपचार गराउन पाएँ, आँखाको लेन्स पनि निःशुल्क पाइयो । यो खुसी म कसरी व्यक्त गरौँ बेतबहादुरले आफ्नो भावना पोखे । दोरम्बा शैलुङ्ग गाउँपालिकाको काकलिङ माविको प्राङ्गणमा शिविर हुँदै गर्दा दृष्टिबिहीन बृद्धबृद्धा सँगै देखिन्थे पालिका अध्यक्ष कमान सिं मोक्तान । आँखाको ज्योति गुमेर अन्धकारपूर्ण जिवन ब्यतित गरिरहेका बृद्धबृद्धा आमा÷बुबाहरुले पुनः आँखाको ज्योति पाए हर्षित भइरहँदा गाउँपालिका अध्यक्ष मोक्ताको अनुहारमा पनि निकै चमक देखिन्थ्यो । उनी भनिरहेका थिएँ, बृद्धबृद्धा आमा÷बुबाको खुसी देख्दा पनि जीवनको पहिलो पटक यतिधेरै आनन्द मिलेको छ ।
पालिकाभित्र धेरै बुबाआमालाई आँखामा समस्या भएको महशुस गरेर शिविर आयोजना गरिएको मोक्तानको भनाई थियो । शिविरका लागि जिल्ला सामुदायिक आँखा केन्द्र रामेछाप, टिडिएच जर्मनी र पिएसएफ लक्जेम्वर्गको सहयोगमा सामुदायिक विकास समाजद्धारा सञ्चालित महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजना र तीन वटा गाउँपालिकाहरुको समन्वयमा चैत्र २ गतेदेखि सञ्चालन गरिएको शल्यक्रिया शिविर वृद्ध बृद्धालाई खुवाउने र बस्ने व्यवस्थापन मिलाउन ब्यस्त थिए परियोजना प्रमुख तिलक कार्की । कार्की भन्छन् सयौं बुबाआमाले दृष्टि पाएर रमाएको देख्दा मैले त घर नै बिर्सेछु । यस्तै अहोरात्र ब्यस्त थिए, सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङ । समाजमा यदि पुण्यको काम गर्नु छ भने वृद्धाश्राम बनाउने हैन न्यानो माया र मीठो खाना दिए बृद्धबुबा–आमा खुसी हुने घिसिङ बताउँछन् । उनी भन्छन्– वृद्धा अवस्थाका मानिसको सेवा गरे मन्दिर जानै पर्दैन भन्ने उद्देश्यले शिविर संचालन गरिएको हो ।