परासीमा ट्रक र बस ठोक्किदा ५ जनाको मृत्यु

 शनिबार, चैत्र १९, २०७३ | onlinenews
Share this

चैत्र १९, नवलपरासी नवलपरासीमा भएको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् । घटनामा ५ जना घाईते भएका छन् ।
मध्यविन्दु ७ स्थित ४० किलो जंगलमा आज बिहान साढे २ बजे पश्चिमबाट पुर्वका लागि छुटेको ना ४ ख ४९९५ नम्बरको बस र सोहि दिशाबाट छुटेको यु पि ५८टी ५४७१ नम्बरको भारतीय ट्रक ठोक्किंदा ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङ जिल्लाका १६ वर्षीय बलीराम चौधरी, १७ बर्षीय विरवल चौधरी, सुर्खेत जिल्लाका ४० बर्षीय हरिराम जालीमगर रहेको प्रहरीले जनाएको छ । एक जनाको नाम ठेगाना खुल्न सकेको छैन ।
घटनामा ५ जना घाईते भएका छन् । बसमा रहेका ४ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने भारतीय ट्रकका चालकको उद्धार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
यस्तै भारतीय ट्रक चालक विहारको बर्गदवा बस्ने २५ वर्षको रियाज खान रहेका छन् । घाईते ५ जनाको अहिले कावासोती १६ को डण्डामा रहेको मध्यविन्दु सामुदायिक स्मृति अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ ।

Share this

प्रतिकृया

Add