एउटा आँखा भएको बाख्राको पाठी जन्मियो रामेछापको सेलेघाटमा

 शनिबार, चैत्र २६, २०७३ | onlinenews
Share this

चैत्र २६, रामेछाप
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ६ मा एक कृषकले पालेको बाख्राले एउटा मात्र आँखा भएको पाठी जन्माएको छ । मन्थली नगरपालिका ६ का स्थानीय भिमबहादुर माझीको घरको बाख्राले शनिरबार दिउँसो एउटामात्र आँखा भएको पाठी जन्माएको हो ।
अगाडिबाट हेर्दा बाख्राको पाठोजस्तो नदेखिने र पाठाको नाक समेत प्रष्ट रुपमा देख्न नसकिने अवस्थामा रहेको छ । मुख पनि समान्य अवस्थाको बाख्राको पाठाको भन्दा फरक रहेको छ ।
पाठीको जिउ सर्लक्क परेको भए पनि एउटा मात्र आँखा भएकाले अगाडिबाट हेर्दा बाख्राको पाठा नै होइनजस्तो देखिन्छ । आपूmले पालेको बाख्राले पहिलो पटक यस्तो अपाङ्ग पाठी पाएको माझीले बताए ।

Share this

प्रतिकृया

Add