मानव अधिकार एलाइन्सको स्थापना दिवसमा वृक्षारोपण

 शुक्रबार, असार २९, २०८० | onlinenews
Share this

 

रामेछाप– राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को २४ औँ स्थापना दिवसमा वृक्षारोपण गरिएको छ ।

संस्थाको स्थापना दिवसको अवसरमा मन्थली नगरपालिका–१ स्थित मन्थली अस्पताल हाताभित्र वृक्षारोपण गरिएको राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स)का रामेछाप जिल्ला इञ्चार्ज तिलक कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार एबाेगर्डाे, म्याकाडोमी नट, अम्बा स्वामी जस्ता रूख तथा फलफुल जातका विरुवाहरु रोपिएका छन् । वृक्षारोपण कार्यक्रममा बागमती प्रदेशका निवर्तमान सांसद शान्तिप्रसाद पौडेल, बागमती प्रदेश सांसद आनन्दकुमार श्रेष्ठ, नेकपा एमाले रामेछापका सचिव पुरूषाेत्तम कडरिया, उपसचिव प्रकाश कार्की, आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य तथा एमाले नेता मिलनकुमार घिसिङ, एलाइन्सका केन्द्रीय सदस्य रत्नप्रसाद कडेल, गैसस महासंघ रामेछापका पूर्वअध्यक्ष बिरेन्द्र श्रेष्ठ, फेकोफनका प्रतिनिधि मुना कँडेल, मानव अधिकार एलाइन्स रामेछापका अध्यक्ष थिरबहादुर थापा (रविन) लगायतका अतिथि तथा स्थानीयको सहभागिता रहेको थियो ।

Share this

प्रतिकृया

Add