स्थानीय तहको निर्वाच वैशाख ३१ मै हुन्छ प्रधानमन्त्री

 बिहिबार, बैशाख ७, २०७४ | onlinenews
Share this

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३१ गतेका लागि निर्धारित चुनाव कसैले रोकेर नरोकिने बताए ।
संविधान बन्न रोक्न जस्तै चुनाव रोक्न षडयन्त्र भइरहे पनि त्यसको सामना गरिने उनले बताए । झापामा एक सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले तोकिएको मितिमै चुनाव हुने भन्दै तयारीमा जुटन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
‘मेरो दिमागमा धेरै कुरा छन्, सोच्नै नसकेका ठाउँबाट विचित्रका घटना हुन पनि सक्छन, तर पनि वैशाख ३१ गतेको चुनाव रोकिन्न’ प्रचण्डले भने । ‘सबै प्रमुख दल निर्वाचनमा सहभागि हुने भनेर लागेका छन्, देशभर चुनावको माहौल बनेको छ, स्थानीय तहको निर्वाचन कसैले रोकेर रोकिन्न ।’
निर्वाचन तयारीको बिषयमा आफूले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएको र निर्वाचन आयोगसँग छलफलमा गरेको उल्लेख गर्दै प्रचण्डले दुवै निकाय चुनावका लागि तयार रहेको बताए ।
यसैवीच, मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेरै सरकारले दोस्रो संशोधन विधेयक ल्याएको भएपनि सो विधेयक अस्वीकार गरेर मोर्चाले अस्वभाविक ढंगले आन्दोलनका कार्यक्रम घोषणा गरेकोमा आश्चर्य लागेको प्रचण्डले बताए ।
‘मोर्चासँग समझदारी गरेरै दोस्रो संशोधन दर्ता गरिएको हो, तर मोर्चाले अस्वभाविक ढंगले आन्दोलनका कार्यक्रम घोषणा गर्यो’ प्रचण्डले भने, ‘यति लचक सरकार मोर्चाले कहिलै पाउने छैन ।’ प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग भोलि बिहान कुरा गर्न लागेको जानकारी गराउदै मोर्चा चुनावमा नआए उनीहरुले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

Share this

प्रतिकृया

Add