प्रमुख पदको उमेद्वारमा महिलाले लड्नु पर्छ ः सभामुख घर्ती

 बिहिबार, बैशाख ७, २०७४ | onlinenews
Share this

चैत्र ७, काठमाडौं– सभामूख ओनसरी घर्तिमगरले महिलाहरुले प्रमूख पदमा दाबी गर्नुपर्ने र स्थानीय तहको नेतृत्वमा आउनु पर्ने बताएकी छन् ।
काठमाडौंमा बिहीबारबाट सुरु भएको ‘विश्वको आधा आधा हिस्सा ः स्थानीय शासन प्रकृयामा महिलाहरुको नेतृत्व र प्रतिनिधित्व सबलिकरण’ सम्बन्धि राष्ट्रिय सम्लेलनलाई सम्बोधन गर्दै सभामुख घर्तिले नेतृत्वको लागि आफ्नो दलसँग आफै लड्नुपर्नेमा जोड बताएकी हुन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले संविधानले हरेक निकायमा समानुपातिक समावेशिताको सिद्धान्तलाई आत्मसाथ गरेको भन्दै प्राप्त अधिकारलाई उपयोग गर्न महिलाहरुले थप अभियान थाल्नुपर्ने बताए ।
सम्मेलनमा देशभरबाट राजनीतिज्ञ, महिला नेता, पत्रकार, महिला अधिकारकर्मी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत तीनसयभन्दा बढिको सहभागिता छ ।

Share this

प्रतिकृया

Add