एसईई नतिजा सार्वजनिक, पूरक परीक्षा साउन १९ गतेदेखिदेखि

 शुक्रबार, असार २, २०७४ | onlinenews
Share this

२ असार २०७४ भक्तपुर– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।
यसवर्ष नियमित तर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना परीक्षामा सहभागी भएकोमा १२ हजार २ सय ८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तिर्ण भएको   परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मील जानकारी दिए ।
त्यस्तै जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याएर ४२ हजार ४ सय २७ जना, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याएर ५० हजार ६ सय ४६ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर ६१ हजार ९ सय ५५ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर ९१ हजार ३ सय १४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शुन्य सम्म ल्याएर १ लाख  ८ हजार ४ सय ६४ जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ६४ हजार ५ सय ७७ जना, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ११ हजार २ सय ८५ जना र शुन्य दशमलव ८० सम्म १५ जना उत्तिर्ण भएको उनले जानकारी दिए ।
परीक्षामा उमेर नपुगेका २ जना रहेको, सैद्धान्तिक विषयको परीक्षामा सहभागी नभएका १ हजार ३ सय २० जना,  प्रयोगात्मक परीक्षा नदिएका एक हजार ३८ जनाको नतिजा रोकिएको छ । त्यस्तै २ सय १६ जनाको उत्तरपुस्तिका रद्द भएको र ७ हजार ६ सय ४ जनाले परीक्षा छाडेको पत्रकार सम्मेलनमा बताइएको छ ।
त्यसैगरि एक्जाम्टेडतर्फ जम्मा १६ हजार ५ सय ७२ जना परीक्षार्थी रहेकोमा जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर कोही पनि उत्तिर्ण भएको छैनन् । यसतर्फ जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म २ जना उत्तिर्ण भएका छन्, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २०  सम्म २१ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर २ सय २२ जना , २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर १ हजार ९ सय ६४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शुन्यसम्म ल्याएर ७ हजार ४ सय ७० जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याएर ५ हजार ७ सय ५८ जना, शुन्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ६ सय ५ जना र शुन्य दशमलव ८० सम्म १ जना उत्तिर्ण भएका छन् ।
सैद्धान्तिक विषयको परीक्षा नदिएका ४ सय ७१ जना, प्रयोगात्मक नदिएका २६ जना, उत्तरपुस्तिका रद्द ३१ जनाको र परीक्षा नदिएका २ हजार ४ सय २ जना रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
परीक्षामा ‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको ग्रेड बृद्धि परीक्षा यही वर्ष दिन पाउने व्यबस्था गरिएको छ । दुई विषयसम्म परीक्षामा सहभागि नभएका परीक्षार्थीले पनि ग्रेड बृद्धि परीक्षामा सहभागि हुन पाउने व्यबस्था गरिएको छ । मूल विषयमा २ विषय भन्दा बढी अनुपस्थित रहेको र २ विषयभन्दा बढी विषयमा ग्रेड नखुलेको परीक्षार्थी आगामी वर्षको परीक्षामा एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिनुपर्ने व्यबस्था गरिएको छ ।
गतवर्ष दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भने नहुने उहाँले रेग्मीले जानकारी दिए ।
गतवर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाउथ्यो । यसवर्ष भने सैद्धान्तिक विषयमा ‘डी’, ‘डि’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउने छन् ।
आफूले प्राप्त गरेको कुनै पनि विषयको नतिजा चित्त नबुझेमा पुर्नयोग गराउन सक्ने व्यबस्था गरिएको छ । यसका लागि परीक्षार्थीले परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय वा सम्बन्धित जिल्ला शिक्षा कार्यालय मार्फत १५ दिनभित्र निवेदन दिन सक्ने व्यबस्था गरिएको छ।

एसईई पूरक (ग्रेडबृद्धि) साउन १९ गतेदेखि

त्यसैगरि एसईई पूरक (ग्रेडबृद्धि) परीक्षा आगामी साउन १९ गते बिहिबारदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ । १९ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अग्रेजी, २० गते शुक्रबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीहरुको लागि अंग्रेजी, साउन २१ गते शनिबार अनिवार्य गणित, २२ गते आइतबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद विषयको परीक्षा संचालन हुने छ ।
त्यसैगरि साउन २३ गते सोमबार अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते मंगलबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ र अनिवार्य संस्कृत भाषा, साउन २५ बुधबार ऐच्छिक प्रथमपत्रका सबै विषयहरु र साउन २६ गते बिहीबार ऐच्छिक द्धितीय पत्रका सबै विषयहरुको परीक्षा संचालन हुने भएको छ ।

Share this

प्रतिकृया

Add