धादिङको हुग्दी खोलाको पुलबाट ट्रक कस्दा २ घाइते

 मङ्लबार, साउन १७, २०७४ | onlinenews
Share this

१७ साउन २०७४ धादिङ्ग


पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–ं१० स्थित हुग्दीखोलाको पुलबाट ट्रक खस्दा २ जना गम्भीर घाइते भएका छन ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको डिब्बा ट्रक जोगीमारास्थित हुग्दीखोला पुलबाट खसेको जोगीमारा प्रहरीले जनाएको छ । विपरीत दिशाबाट आइरहेको ना ५ त ९१५६ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिई ट्रक खोलामा खसेको हो ।
दुर्घटनामा ट्रकका चालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ, सह–चालक दिलीप सापकोटा र ट्याक्टरमा सवार धादिङका निरज चेपाङ घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयबासीका अनुसार घाइते तीनै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेका छन् । हुग्दीखोला पुलपृथ्वी राजमार्गको अत्यन्तै जोखिमपूर्ण पुल मानिन्छ । सो पुलमा पटक–पटक सवारी दुर्घटनामा पर्दै आएका छन ।

Share this

प्रतिकृया

Add