रामेछापमा यात्रु बाहक बस दुर्घटना ३ को मृत्यु २० घइते

 शुक्रबार, अशोज ६, २०७४ | onlinenews
Share this

६ असोज २०७२ रामेछाप


रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ विटारस्थित केराबारीमा यात्रु बाहक बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।  मृत्यु हुनेहरुमा रामेछाप नगरपालिका वडा नम्बर ८ का ५५ वर्षिय दिपककुमार श्रेष्ठ, वडा नम्बर ७ की बालकुमार बस्नेत र बझाङ जिल्ला राय गाउँपालिका घर भएकी २५ वर्षिय उमा खड्का रहेकी छन् । घाइतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घाइतेहरुको तामाकोसी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । गम्भी घाइते हुनेमा एक ४ महिनाको एक बालिका पनि रहेकी छन् ।   रामेछाप नगरपालिकाको रामपुबाट २५ जना यात्रु बोकेर काठमाडौं जाँदै गरेको हिमाल तराई यातायताको बा २ ख ६३७२ नम्बरको बस तीब्र गतिका कारण मोडमा नमोडिएपछि सिधै भीरबाट खसेको थियो । बस चालक मोहानलाल श्रेष्ठ प्रहरीको नियन्त्रमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

 

 

 

 

 

 

 

Share this

प्रतिकृया

Add