रामेछापमा टाटासूमो दुर्घटना २ जना घाइते

 सोमवार, मंसिर २५, २०७४ | onlinenews
Share this

रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ छत्रे पोखरीमा टाटासुमो दुर्घटना हुदा चालक सहित २ जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा परि घाइते हुनेमा चालक सिन्धुली जिल्ला हतपते निवासी ३९ वर्षका मधुबहादुर घले र रामेछाप नगरपालिका वडा नम्बर १ हिमगंगाका ६२ बर्षका मानबहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ ।
सोमबार रामेछाप बाजारबाट सदरमुकाम मन्थली आउने क्रममा ना १ ज ३९७७ नम्बरको टाटासुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाको छ । घाइतेको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भैरहेको छ ।

Share this

प्रतिकृया

Add