नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रमुख दलका केही शीर्ष नेताहरुले पराजय व्यहोरेका छन् । लगातार एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दै आएका कतिपय राजनीतिक हस्तीहरुले समेत पराजय व्यहोर्नु परेको छ ।
प्रभावशाली मानिएका धेरैजसो नेपाली काँग्रेसका नेताहरु पराजित भएका छन् । मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको केही जिलल्ला बाहेक अधिकांश क्षेत्रबाट मतपरिणाम सार्वजनिक भइसकेका छ । मुलुकका अधिकांश क्षेत्रमा एमाले माओवादी सम्वद्ध वामगठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
यसअघि लगातार एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दै आएका कतिपय राजनीतिक हस्तीहरुले पनि यो निर्वाचनमा पराजय व्यहोर्नुप¥यो । वामगठबन्धनका एकाध बाहेक लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा होमिएका काँग्रेस र राप्रपाका शीर्ष राजनीतिक नेतृत्वहरु नै निर्वाचनमा पराजित भएका छन् ।
मुलुककै नेतृत्व गरेका नेताहरु समेत फराकिलो मतान्तरले पराजित भएका छन् । आपूmलाई भावि प्रधानमन्त्रीदेखि पार्टी अध्यक्षसम्मको दाबी गर्दै आएका नेताहरु सांसद समेत निर्वाचनमा हारेका छन् ।
पार्टीको उच्च नेतृत्वमा रहेकादेखि पटक–पटक मन्त्री भइसकेका नेताहरुले यो निर्वाचनमा पराजय व्यहोरेका छन् । आपूmलाई भावि प्रधानमन्त्री र नेपाली काँग्रेसको सभापति दावी गर्दै आएका बरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तहनुँबाट पराजित भएका छन् । तनहुँ प्रतिनिधिसभा १ बाट उम्मेदवार बनेका पौडेलको यो हारसँगै प्रधानमन्त्रीको दावेदारि समेत समाप्त भएको छ ।
२०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका पौडेललाई यो पटक वामगठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठले ५ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हन् ।
पटक–पटक उपप्रधानमन्त्रीको कार्यभार सम्हालेका एमाले उपाध्यक्ष वामदेव गौतमले पनि गृह जिल्ला बर्दियाबाटै निर्वाचन हारेका छन् । आपूmलाई भावि प्रधानमन्त्री भन्दै आएका गौतमलाई बर्दिया क्षेत्र नम्बर १ बाट काँग्रेसका सञ्जय गौतमले पराजित गरेका हुन् । देशैभर वामगठबन्धनका अधिकांश उम्मेदवारहरुले निर्वाचन जितिरहेका वामगठवन्धनकै सुत्रधार मानिएका गौतमले भने पराजय व्यहोर्नु प¥यो । गौतम यसअघि निर्वाचन जितेकै क्षेत्रमा पराजित भएका हुन् ।
माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । केही समय अघिसम्म एउटै पार्टीमा रहेर सहयोद्धाका रुपमा काम गरेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले श्रेष्ठलाई पराजित गरेका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ वामगठबन्धन निर्माणका सुत्राधार मानिन्छन् । देशको करिव २ तिहाई क्षेत्रमा गठबन्धनले प्रत्यक्ष निर्वाचन जित्दै गर्दा श्रेष्ठले भने जित आफ्नो पक्षमा पार्न सकेनन् ।
काँग्रेसका हस्ति भनेर चिनिने रामशरण महत नुवाकोट क्षेत्र नम्वर १ बाट पराजित भएका छन् । नुवाकोटबाटै हरेक पटक निर्वाचन जित्दै आएका महतलाई माओवादी नेता हितबहादुर तमाङले ७ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् । पटक–पटक अर्थमन्त्री भएका महतको हारले काँग्रेसभित्र चर्चामा रहेको महत खानदानको बिरासत नै ढलेको छ ।
काँग्रेसभित्र पाका र प्रभावशाली नेताका रुपमा चिनिने अर्जुननरसिंह केसीले पनि गृह जिल्ला नुवाकोटबाटै निर्वाचन हारेका छन् । नुवाकोट २ बाट उम्मेदवार बनेका पूर्वमन्त्री समेत रहेका केसी एमालेका नारायणप्रसाद खतिवडासँग साँढे १० हजार भन्दा बढी मतान्तरले पराजित भएका हुन् । लगातार निर्वाचन जित्दै आएको आफ्नो चुनावी क्षेत्रबाट हार व्यहोरेसँगै केसीको राजनीतिक विरासत संकटमा परेको छ ।
नेपाली कांग्रेसभित्र भावि सभापतिका रुपमा हेरिएका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले झापाबाट निर्वाचनमा हार व्यहोरेका छन् । पार्टीले समानुपातिक उम्मेदवार बन्न सुझाव दिए पनि झापा ३ बाट उम्मेदवार बनेका नेता सिटौलाको संसद भवन छिर्ने सपना अधुरै बन्यो । सिटौलालाई राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनले दोब्बर मतान्तरले पराजित गरेका हुनु ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भए । पटक–पटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थापा मकवानपुर १ बाट वामगठबन्धनका उम्मेदवार कृष्णप्रसाद दहालसँग ६ हजार मतान्तरले पराजित भएका हुन् ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष समेत रहेका पशुपतिसम्शेर राणाले सिन्धुपाल्चोकबाट हारको ह्याट्रिक गरेका छन् । लगातार दुई पटक संविधानसभा सदस्य निर्वाचनमा हार व्यहोरे पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जित्ने अभिलाषाका साथ सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका राणालाई वामगठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले ८ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
काँग्रेसभित्र चर्चामै रहेका नेता विमलेन्द्र निधि राजपाका नेता राजेन्द्र महतोसँग पराजित भए । युवा नेता प्रदिप पौडेलले पनि माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मतले पछि पर्दा हार व्यहोर्नु प¥यो ।
यी मात्रै नभएर मुलुकको राजनीतिमा चर्चामा आएका अन्य धेरै नेताहरुले पनि पराजय व्यहोरेका छन् । ती मध्य अधिकांश लोकतान्त्रिक गठवन्धनबाट निर्वाचन लडेका नेपाली कांग्रेसका नेताहरु रहेका छन् ।