रामेछापको मन्थली नगरपालिका अन्तर्गत ८ वटा विद्यालय समायोजन

 सोमवार, असार ३२, २०७५ | onlinenews
Share this

रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका अन्तर्गतका ८ वटा आधारभूत विद्यालयहरु समायोजन गरिएको छ ।
विद्यार्थी संख्या न्यून भई विद्यालय सञ्चालन गर्न उपयुक्त नभएको ८ वटा विद्यालयहरुलाई नगरपालिकाको सिफारिसमा समायोजन गरिएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ ।
समायोजन हुने विद्यालयहरुमा जलकन्या आधारभूत विद्यालय कठजोर, पञ्चकन्या आधारभूत विद्यालय नवुघाट, नवज्योति आधारभूत विद्यालय मसान्टार, कुविण्डे आधारभूत विद्यालय, इन्द्रावति आधारभूत विद्यालय गेलु, सिद्धेश्वर आधारभूत विद्यालय फुलासी, बालकल्याण आधारभूत विद्यालय कल्लेरी र कालिकादेवि आधारभूत विद्यालय पुरानागाउँ रहेका छन् ।
जलकन्या आधारभूत विद्यालय निलकण्ठेश्वर माध्यमिक विद्यालय कठजोरमा समायोजन भएको छ ।
त्यसैगरी पञ्चकन्या आधारभूत विद्यालय नवुघाट, खाँडादेवि आधारभूत विद्यालय सेलेघाटमा, नवज्योति आधारभूत विद्यालय मसान्टार, सिद्धेश्वर आधारभूत विद्यालय हात्तिटारमा, कुविण्डे आधारभूत विद्यालय, आधारभूत विद्यालय बेतीनीमा, इन्द्रावति आधारभूत विद्यालय गेलु, पशुपति आधारभूत विद्यालय गेलुमा समायोजन गरिएको छ ।
त्यस्तै सिद्धेश्वर आधारभूत विद्यालय फुलासीलाई साँखे आधारभूत विद्यालय देविटारमा, बालकल्याण आधारभूत विद्यालय कल्लेरी, कालिकादेवि आधारभूत विद्यालय सल्लेनीमा र कालिकादेवि आधारभूत विद्यालय पुरानागाउँलाई स्थानापति माध्यमिक विद्यालय बाङ्गेसल्लामा समायोजन गरिएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख मुकुन्दकेशरी पोखरेलले जानकारी दिए ।
२०७४ सालमा शिक्षा विभागले कुनै पनि दरबन्दी मिलान र विद्यालय समायोजन नगर्न भनि परिपत्र गरेपछि समायोजन हुन नसकेका विद्यालयहरुलाई नगरपालिकाको सिफारिस अनुसार समायोजन गरिएकोे शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ ।
अभिभावकहरुमा अंग्रेजी शिक्षा प्रतिको मोह बढेका कारण आफ्ना बालबच्चाहरुलाई बोर्डिङ्ग स्कूलमा भर्ना गर्ने गरेकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यू भएपछि विद्यालयहरुबीच समायोजना गर्नु परेको शिक्षा विकास तथ समन्वय इकाईको भनाई छ ।
सामुदायिक विद्यालयहरुले अंग्रेजी शिक्षा पढाए पनि विश्वास दिलाउन नसक्दा अभिभावकले आफ्ना बालबच्चाहरु संस्थागत विद्यालयमा भर्ना गर्ने क्रम बढेको शिक्षा विकास तथा समन्वय इकाईको बुझाई छ ।

Share this

प्रतिकृया

Add