संविधान दिवसमा रामेछापका दुई कैदी छुट्दै

 बिहिबार, भदौ २०, २०८१ | onlinenews
Share this

 

रामेछाप- संबिधान दिवसको अवसरमा रामेछाप २ जना कैदीको कैद सजाय मिनाहा गरी थुनामुक्त गरिने भएको छ । कारागार व्यवस्था विभागले देशभरबाट करिब १ हजार कैदीको कैद मिनाहा गर्ने तयारी गरिरहेका बेला रामेछापका दुई जना कैदीको पनि कैद मिनाहा हुने भएको हो ।

त्यसैरी दोलखा जिल्लाको ४ जना कैदीको कैदा मिनाहा हुने भएको छ । विभागले कैद मिनाहाका लागि भदौ १६ गते सार्वजनिक गरेको ४९२ जनाको सूचिमा दोलखाका ४ र रामेछापका २ जना कैदी रहेका छन् । उनीहरुविरुद्ध कुनै उजुरी वा गुनासो नपरेमा संबिधान दिवसको अवसरमा कैद मिनाहा भएर थुनामुक्त हुने छन् ।

सालकको अखेटोपहार मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका रामेछापको मन्थली नगरपालिका ४ का अशोक थापाको २ वर्ष ३ महिना ४ दिन कैद मिनाहा हुने भएको छ । यस्तै, नकबजनी चोरी मुद्दामा ३ वर्ष कैद तोकिएका रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ का लोकबहादुर महतराको पनि १ वर्ष ४ महिना २७ दिन कैद मिनाहा हुनेछ ।

सवारी ज्यान, डाँका चोरी र चोरी तथा पशुपन्छी सम्वन्धी कसुरमा अदालतबाट कैद सजाय तोकि चरिकोट कारागारमा कैद सजाय भुक्तान गरिरहेका ४ जना कैदी छुट्ने भएका हुन् । दोलखा जिल्ला अदालत र उच्च अदालत पाटनबाट फैसला भएर ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका ४ जना कैदीको बाँकी कैद मिनाहा गर्न लागिएको हो ।

कैद सजाय मिनाहाको सूचीमा पर्नेहरुमा सवारी ज्यान मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका दोलखाको कालिञ्चोक गाउँपालिका–४ का ३२ वर्षीय सुकदेव शिवाकोटी, डाँका चोरी मुद्दामा ३ वर्ष कैद तोकिएका वैतेश्वर गाउँपालिका–४ का ३७ वर्षीय कृष्णबहादुर दाहाल, सोही मुद्दामा ३ बर्ष कैद तोकिएका वैतेश्वर–४ का दिपेश दाहाल र चोरी तथा पशुपन्क्षि सम्वन्धी कसुर (गोरु मारेको) अभियोगमा ३ वर्ष कैद सजाय पाएका मेलुङ गाउँपालिका–४ भेडपुका अर्जुन गोले रहेका छन् ।
कृष्णबहादुर र दिपेशको जनही एक बर्ष १३ दिन, शिवाकोटीको १ महिना २० दिन र गोलेको १ बर्ष २ महिना १८ दिन कैद मिनाहा हुने भएको हो । चरिकोट कारागारले कर्तव्य ज्यान मुद्दाका एकसहित २० जना कैदीको कैद अवधिभर चालचलन असल रहेको, ५० प्रतिशत कैद भुक्तान गरिसकेको भनी बाँकी कैद मिनाहाका लागि शिफारिस गरेको थियो ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *