भालुको आक्रमणबाट ७२ वर्षीय तामाङ गम्भीर घाइते

 शुक्रबार, भदौ २१, २०८१ | onlinenews
Share this

 

रामेछाप–दाेलखा जिल्लाकाे शैलुङ गाउँपालिका–१ का भक्तबहादुर तामाङ (घिसिङ) भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । (भदौ २० गते) बिहीवार बिहान ६ बजेको समयमा भालुको आक्रमणमा परी  ७२ वर्षीय तामाङ गम्भीर घाइते भएका हुन् ।

भालुले अनुहारमा आक्रमण गर्दा घाइते तामाङको नाक पुरै निकालेको रामेछापकाे दोरम्बा शैलुङ गाउँपालिका–४ का निवर्तमान वडा अध्यक्ष चन्द्रबहादुर थापा मगर ‘टलक’ ले जानकारी दिए । निवर्तमान वडाध्यक्ष मगरकाअनुसार भालुले गोठमै आएर आक्रमण गरेको थियो ।

दोलखा जिल्लाको शैलुङ गाउँपालिका–१ ताम्चेतको तारेभीर भन्ने ठाउँमा तामाङ गोठमा बसिरहेका बेला भालु आइ आक्रमण गरेको थियो । घाइते तामाङको काठमाडौँस्थित टिचिङ अस्पतालको एमर्जेन्सी कक्षामा राखी उपचार भइरहेको पनि मगरले जानकारी दिएका छन् ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *