खरानी पनि भारतबाट आयात

 बुधबार, साउन ९, २०७५ | onlinenews
Share this

बाँके – नेपालले भारतबाट अधिकांश सामान आयात गर्ने गरेको छ। इन्धन,फलामे सामान, खाद्यान्न मात्रै नभएर खरानीसमेत भारतबाट आयात हुने गरेको छ।

नेपालगञ्ज नाकाबाट मात्रै वार्षिक करोडौंको खरानी भित्रिने गरेको छ। भन्सार कार्यालयका अनुसार भारतबाट नेपालमा बर्सेनि ठूलो परिणामको खरानी भित्रिने गरेको छ। सिमेन्ट उद्योगले कच्च पदार्थको रुपमा भारतबाट खरानी स्ल्याग भित्र्याउने गरेको नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख माधव आचार्यले जनाकारी दिए। ग

त आर्थिक वर्ष मा नेपालगञ्ज भन्सार कार्यालय भएर ३५ करोड ६० लाख ६७ हजार रुपैयाँको १० लाख छ हजार ३६४ मेट्रिक टन खरानी भारतबाट भित्रिएको समाचार गोरखापत्र दैनिकमा छ। अघिल्लो आर्थिक वर्ष २०७३७४ मा ५६ हजार ७५३ मेट्रिक टन खरानी स्ल्याग नेपालगञ्ज नाका हुँदै नेपाल भित्रिएको थियो।

Share this

प्रतिकृया

Add