राष्ट्रपतिद्वारा बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन

 बुधबार, अशोज ३१, २०७५ | onlinenews
Share this

काभ्रे– राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको अवसरमा महाअष्टमीका दिन बुधबार बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् ।
काभ्रेपलानञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गरेकी थिइन् । राष्ट्रपटि भण्डारी बिहान ९ः३५ बजे भगवती मन्दिर पुगेकी थिइन ।
राष्ट्रपति भएपछि भण्डारीले मन्दिरमा पूजाअर्चना गरेको यो दोस्रोपटक हो । यस्तै राष्ट्रपति भण्डारीसँगै नागरिक उड्ययन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पनि सहभागीता थियो । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाली सेनाका २६ नम्बर बाहिनीपति मिनध्वज खड्का, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल तथा अन्य पदाधिकारीले स्वागत गरेका थिए ।
सो अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ राउतले मन्दिरको संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न स्थानीयबाट आएका मागलाई राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।
मन्दीर पुनःनिर्माणको बारेमा सरकारसँग कुरा गर्ने राष्ट्रपति भण्डारीले बताएकी छन् ।

Share this

प्रतिकृया

Add