प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण
शुक्रबार, अशोज १८, २०८१
संविधान संसोधनका लागि छठ अघि नै प्रक्रिया सुरु नभए राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पटक–पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएको राजपाले जनाएको छ ।
झन्डै दुई हप्ता अघि राजपाका शीर्ष नेताले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर संविधान संसोधन लगायतका आफ्ना माग पूरा गराउन आग्रह गरेका थिए ।
राजपाका नेता राजेन्द्र महतोले अहिलेसम्म सरकारले आश्वासन मात्र दिएकाले छठपछि समीक्षा गरी आवश्यक निर्णय लिइने बताए । प्रधानमन्त्री ओलीले संविधान संसोधन गर्ने बचन भने दिइसकेका छन् ।