ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु एकको अवस्था गम्भीर

 आइतवार, पुस ८, २०७५ | onlinenews
Share this

राजिव कार्की
रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ कल्लेरीमा ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन् ।
आइतबार बा ४ ख २४२५ नम्बरको ट्रिफरले ठक्कर दिँदा सोही वडाको कोटगाउँ निबासी ४८ वर्षीय मैना तामाङको घटनास्थलमै ज्यान गएको र ५५ वर्षीय रक्तमाया तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
धोवि–सिरिसे सडक खण्डको कल्लेरीमा गुडिरहेको ट्रिपरले एक्कासी नियन्त्रण गुमाउँदा बाटोमा हिडिरहेका यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी शेख अदालतले जानकारी दिए ।
दुर्घटनापछि ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रिपर चालक फरार रहेका खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Share this

प्रतिकृया

Add