नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका मासु पसलमा बिक्रीको लागि राखिएको ६७ केसी सडेको मासु बरामत गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापबाट खटिएको बजार अनुगमन टोलीले मन्थलीमा सञ्चालीत मासु पसको अनुगमन गर्ने क्रममा ब्यवसायिले सडेको मासु बिक्रीको लागि राखेको पाएपछि बरामत गरेको हो ।
अनुगमन टोलीले मन्थलीमा रहेको जुनेश मासु पसलबाट ४६ केसी सेडेको कुखुराको मासु र ९ केसी सडेको ससेज बरामत गरेको छ ।
त्यसैगरी न्यू फेमल मिट सपबाट सडेको १० केसी राँगाको मासु र मन्थली मासु पसलबाट कुखुराको सडेको २ केजी मासु बरामत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।
अनुगमन टोलीले सडेको मासु बिक्रीको लागि राख्ने जुनेश मासु पसललाई नगद २ हजार रुपैयाँ र न्यू फेमस मिट सपलाई नगद ५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ ।