सरकारी कार्यालयभित्रै कुखुरा पालन

कृषि प्रवद्र्धनमा टेवा पुगेको हाकीमको भनाई

 सोमवार, पुस १६, २०७५ | onlinenews
Share this

रामेछाप– जिल्ला मालपोत कार्यालय रामेछापको हाताभित्रै कार्यालय प्रमुख बद्रीराज ढकालले कुखुरा पालेका छन् ।
जिल्ला मालपोत कार्यालय रामेछापको प्रमुख भएर आएदेखिनै ढकालले कार्यालय परिसरभित्र कुखुरा पालन गर्दै आएका छन् ।
सरकारी कार्यालय हाताभित्र कुखुरा पालन गरेको भनि सेवाग्राहीले उनको बिरोध समेत गर्दै आएका छन् । ढकालले आलोचनाकोे बेवास्ता गर्दै कार्यालय भवनभित्र प्रवेश गर्ने मूल ढोका नै थुनेर कुखुरा पालन गर्दै आएका छन् ।
कार्यालय प्रवेश गर्ने मूल गेटमा खुकुरा पालन गर्दा सेवाग्राहीहरुलाई कार्यालय हाताभित्र सवारी साधन लान समेत समस्या भएको छ । कार्यलय प्रवेश गर्ने मुल गेटमा कार्यालय प्रमुखले कुखुरा पालन गरेपछि सेवाग्राही बैकल्पिक बाटो प्रयोग गरि कार्यालय प्रवेश गर्ने गरेका छन् ।
खल्ला रुपमा छाडिएका कुखुराले दिनहुँ कार्यालय परिसर र कार्यकक्ष भित्रै फोहोर गर्दा त्यसको प्रत्यक्ष असर सेवाग्राही र कर्मचारीहरुलाई पर्ने गरेको गुनासो सेवाग्राही र कर्मचारीहरुले समेत गर्दै आएका छन् ।
ढकाल ६ महिना अघि जिल्ला मालपोत कार्यालय रामेछापको प्रमुख भएर आएका थिए । मालपोत कार्यालय प्रमुख ढकालको कुखुरा पालन हेर्न कार्यालयमै जान मन्थली नगरपालिका १ का स्थानीय चिरञ्जिवी दाहालको सरोकारवालालाई आग्रह छ ।
कार्यालय प्रमुख ढकाल नियमित कार्यालयमा नबस्ने समेत सेवाग्राहीको गुनासो छ । कार्यालय प्रमुख नियमित कार्यालय नबस्दा सेवाग्राहीहरुको जग्गा नामसारी, संशोधन लगायतका काम समेत प्रभावित हुने गरेको छ ।
कार्यालयको कम्पाउण्ड फराकिलो भएकोले आफूले कुखुरा पालन गरेको कार्यालय प्रमेख ढकालको भनाई छ । आफूले कार्यालय परिसरभित्र कुखुरा पालन गर्दा कृषि व्यवसाय प्रवद्र्धनमा टेवा पुगेको छ ढाकालले भने ।
कुखुरा पालनका कारण कार्यालयमा काम लिएर आउने कुनै पनि सेवाग्राहीहरुको काममा अवरोध नपुगेको पनि उनले दावि गरे

Share this

प्रतिकृया

Add