रामेछापको भंगेरीमा पुष्पलाल पार्क बन्ने

 शनिबार, पुस २१, २०७५ | onlinenews
Share this

रामेछाप- पुर्व शिक्षामन्त्री दिनानाथ शर्माले रामेछापको भंगेरीमा पुष्पलाल पार्क बन्ने निश्चित भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म स्थानलाई केन्द्र बनाई नेपाल सरकारले पुष्पलाल पार्क निर्माणको तयारी गरिसकेको पूर्व शिक्षा मन्त्री शर्माले जानकारी जानकारी दिए ।
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्म थलो भंगेरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने शर्माले बताए ।
शनिबार बिहानी भंगेरी पुगेका शार्मालाई स्थानीयबासीले सरकारले आप्mनो लालपूर्जा रोक्का गरेको र मुआब्जा समेत नदिएको कारण भूकम्प प्रभावित घर निर्माण गर्न समेत नपाएको गुनासो गरेका थिए ।
घर बनाउन नसक्दा जस्ताको टहरोमा बस्न बाध्य भएको स्थानीयले पूर्वमन्त्री शार्मासँग स्थानीय गुनासो गरेका हुन् ।
पार्क र शालिक निर्माणको लागि केही प्राविधिक कारणले मुअब्जाका रोकिएको बताउँदै छिटै मुआब्जाको छिट्टै उपलब्ध गाउनले पनि बताएका छन् ।
स्थानीय मूल्य अनुुसार झण्डै ७ करोडको मुआब्जा स्टिमेट तयार गरि पठाएको पत्र अर्थ मन्त्रालयमा रहेको खबर आफूले पाएकोले बताउन्दै मुआब्जाको प्रक्रिया तत्काल अघि बढाउने मन्त्री शर्माले बताए ।

Share this

प्रतिकृया

Add