काभ्रेमा बस दुर्घटना २७ जना घाइते, दुईको अवस्था गम्भीर

 बुधबार, माघ ९, २०७५ | onlinenews
Share this

काभ्रे- जिललाको पनौती नगरपालिका–९ संखुमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।
संखुबाट पनौती बसपार्कतर्फ जाँदै गरेको बा २ ख ५२१२ नम्बरको बस दुर्घटना भएको हो । घाइतेहरुको उपचार बनेपास्थित शिरमेमोरीयल अस्पताल र धुलिखेल अस्पतालमा भइरहेको छ । बसमा ४० जना यात्रु सवार थिए ।

Share this

प्रतिकृया

Add