आगलागि पीडितलाई एक लाख नगद र कपडा प्रदान

 बुधबार, माघ १६, २०७५ | onlinenews
Share this

रामेछाप– जिल्लाको रामेछाप नगरपालिका–६ ओख्रेनीको डान्सिङटारमा आगालागिबाट घर जलेर पूर्णरुपमा क्षति भएका शंखमान मगरको परिवारलाई राहात स्वरुप एक लाख रुपैयाँ नगद सहित लत्ताकपडा प्रदान गरिएको छ ।
सो रकम जिल्ला विपद् ब्यवस्थापन समितिको तर्फबाट रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रदान गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी शर्मा घटना स्थलमै पुगेर नगद तथा अन्य राहातका सामग्री प्रदान गरेका हुन् । आगलागिबाट घर जलेर पूर्णरुपमा नष्ट भएपछि पीडित परिवारलाई बास र खानपानको ब्यवस्थाको लागि एक लाख रुपैयाँ नगद सहित लत्तकपडा प्रदान गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शार्माले बताए ।


त्यसैगरी रामेछाप नगरपालिकाले पनि पीडित परिवारलाई आर्थिक सहयोग गर्ने बताएको छ ।
मंगलबार बसेको रामेछाप नगरकार्यकालिकाको बैठकले आगलागिबाट जलेको घरको क्षतिपूर्ति स्वरुव दुई वटा घरलाई २० हजारका दरले ४० हजार र मृतकको किरीया खर्चको लागि २५ हजार रुपैयाँ नगद प्रदान गर्ने निर्णय गरेको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले जानकारी दिएका छन् ।
नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले घर आगलागि भएकै दिन घटना स्थलमा पुगेर मगर परिवारलाई त्रिपाल, ओढ्ने कम्मल, लगाउने कपडा, चप्पल, खाना पकाउने र खाने भाँडाहरु, ब्रस मञ्जनलगायत सामग्रीहरु प्रदान गरेको थियो ।
अचानक आगलागी हुँदा घरमा सुताएर राखिएकोे शंखमान मगरका १ वर्षिय छोरा दिपेन्द्र मगरको जलेर ज्यान जानुका साथै खरले छाएको दुई वटा घर जलेर नष्ट भएको थियो ।

Share this

प्रतिकृया

Add