नेपाली सेनाको आयोजनामा निःशूल्क स्वास्थ्य शिविर

 बुधबार, माघ २३, २०७५ | onlinenews
Share this

रामेछाप– जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाली सेनाको श्री नन्दाबक्स गणको आयोजना तथा कृष्ट अस्पताल ललितपुर, तामाकोसी सहकारी अस्पताल मन्थली, जिल्ला स्वास्थ्य कार्यालय रामेछाप र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीसँगको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।


शिविरको संयोजन कृष्ट अस्पताल ललितपुरले गरेको थियो । भैरवि माध्यमिक विद्यालय सुनारपानीमा सञ्चालन गरिएको निःशूल्क स्वास्थ्य शिविरमा ५ सय १० जना विरामीले स्वास्थ्य जाँच गराएको डा. अभिषेक थापाले जानकारी दिए ।
शिविरमा छाति, मुटु, नाक, कान, घाटी, हड्डी, स्त्री रोग, छाला, आँखा, बाल रोग विशेषज्ञ साथै सर्जन डाक्टरहरुद्धारा स्वास्थ्य परीक्षण गराइएको थियो । शिविरमा धेरैजसो विरामीहरु अर्थोपेडिक (हड्डी) सम्बन्धिका बढि आएको पनि डा. थापाले बताए ।


शिविरमा आएर स्वास्थ्य परीक्षण गराएका विरामीहरु मध्य केही विरामीहरुको उचार जिल्लामा रहेको स्वास्थ्य संस्थाबाट हुन नसक्ने भएकाले उनीहरुको उपचारको लागि कृष्ट अस्पतालमा ब्यवस्था मिलाइएको तामाकोसी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यले बताए ।
शिविरमा स्वास्थ्य परीक्षण गराएका विरामीहरुलाई कृष्ट अस्पतालले १० प्रतिशत छुट सेवामा उपचार गराउँने समझ्दारी भएको पनि डा. कार्माचार्यले बताए ।
विरामीलाई सहज, सरल र शूलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यले सबै प्रकारका रोग विशेषज्ञहरु ल्याएर शिविर सञ्चालन गरिएको श्री नन्दाबक्स गणका प्रमुख सेनानी प्रमोद कुमार थापाले बताए ।


शिविर नेपाली सेनाले आयोजना गरेकाले विरामीहरु पनि धेरै सहभागि भएको स्थानीय रिसीराज काफ्लेले बताए । नेपाली सेनाले आयोजना गरेको शिविरमा राम्रो उपचार हुन्छ भन्ने विश्वासले स्वास्थ्य शिविरमा धेरै विरामी सहभागि भएको उनको भनाई छ ।
शिविरमा रोग अनुसार विशेषज्ञ डाक्टरटहरुद्धारा स्वास्थ्य परीक्षण गराउँने छुट्टाछुट्टै स्थानको ब्यवस्था मिलाइएको थियो ।


कृष्ट अस्पतालमा उपचार गर्न जाने विरामीहरु रामेछाप, सिन्धुली दोलखा, खोटाङलगायतका जिल्लाहरुका बढी भएकाले गाउँमै आएर उपचार सेवा दिने उद्देश्यले नन्दाबक्स गणको आयोजना र तामाकोसी सहकारी अस्पतालसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको कृष्ट अस्पतालका मार्केटिङ्ग कन्सल्टेन्ट अमिस पाठकले बताए ।
आगामी दिनमा पनि यस्ता शिविरहरु ग्रामिण क्षेत्रमा सञ्चालन गर्दै जाने पाठकले जानकारी दिए । रामेछापको सुनारपानीमा भएको शिविर आपूmले अपेक्षा गरे भन्दा राम्रो भएको पनि उनले बताए ।

Share this

प्रतिकृया

Add