नेपाली सैनिक श्रीमति संघद्धारा शैक्षिक सामग्री प्रदान

 बुधबार, माघ २३, २०७५ | onlinenews
Share this

रामेछाप– नेपाली सैनिक श्रीमति संघले रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीको भैरवि माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
सामाजिक सेवामा समर्पित रहेको नेपाली सैनिक श्रीमति संघले एक कार्यक्रमको आयोजना गरि भैरवि माध्यमिक विद्यालयको कक्षा १ देखि १० सम्मका प्रथम, द्धितीय र तृतीय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।


विद्यार्थीलाई शैक्षिक सामग्री नेपाली सैनिक श्रीमति संघकी सदस्य श्रीमति आराधना थापाबाट प्रदान गरिएको हो ।
भैरवि माध्यमिक विद्यालयमा नेपाली सेना श्री नन्दाबक्स गणले आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविरको अवसर पारेर नेपाली सैनिक श्रीमति संघले त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।


नेपाली सैनिक श्रीमति संघले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै विद्यालयलाई खेलकुद सामग्री पनि प्रदान गरेको छ । खेलकुद सामग्री विद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको हो ।
विद्यालयलाई प्रदान गरिएको खेलकुद सामग्री २० हजार रुपैयाँ बराबरको रहेको नेपाली सैनिक श्रीमति संघले जनाएको छ ।

Share this

प्रतिकृया

Add