संविधानसभा सदस्य दालकुमारीले निर्माण गरिन पशुपतिथानको मन्दीर

 शनिबार, फाल्गुन ४, २०७५ | onlinenews
Share this

राजिव कार्की


रामेछाप– संविधानसभा सदस्य दालकुमारी सुनुवारले आफ्नौ एकल लगानीमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका पशुपतिनाथको मन्दीर निर्माण गरेकी छन् ।
संविधानसभा सदस्य दालकुमारी सुनुवार र उनीका पति लेफ्टिनेन्ट मानबहादुर सुनुवारले ब्यक्तिगत ३२ लाखको लगानीमा गाउँमै पशुपतिनाथको मन्दीर निर्माण गरेका हुन् ।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका स्थायी बासिन्दा हुन् । स्थानीय नागारिकमा एकआपसमा धार्मिक सहिष्णुता बनाई सभ्य समाज निर्माण तथा नयाँ पुस्तालाई धर्म र नैतिकताको पाठ सिकाउन ३२ लाखको लागतमा मन्दिरको निर्माण गरिएको सुनुवारले बताइन ।
मन्दीरमा शिव, राधाकृष्ण, वुद्ध, नाग र सरस्वती ५ वटा मूर्ति राखिएको पत्रकार सम्मेलनमार्फत सुनुवारले जानकारी दिएकी छन् ।
मन्दीरमा राखिएका मुर्तिहरु नवलपरासी जिल्लाबाट करिव २ लाखको लागतमा ल्याएको पनि उनले बताइन ।
सो स्थानलाई हिन्दु र वौद्ध धर्मालम्बिहरुको संगमस्थल बनाउने उद्देश्यले आफ्नै डेढ रोपनी जग्गामा मन्दीर निर्माण गरि दुवै धर्मको प्रतिक मानिने मूर्तिहरु राखिएको उनले बताइन ।
मन्दिरमा खानेपानी, सतल तथा पूजारीको व्यवस्था गरिनुका साथै पुजारी घरको पनि निर्माण गर्ने गरिने सुनुवार दम्पत्तीको भनाई छ ।
मन्दिर र त्यस वरपर आवश्यक संरचना निर्माण गर्दा करिव १ करोड रुपैयाँ खर्च हुने अनुमान सुनुवार दम्पत्तीको छ । मन्दीर निर्माणमा लाग्ने सम्पूर्ण खर्च ब्यक्तित रुपमै ब्यवस्थापन गर्ने उनीहरुले बताएका छन् ।

Share this

प्रतिकृया

Add