नेपाली सेनालाई आपतकालीन अवस्थामा ज्यान बचाउने तालिम

 सोमवार, फाल्गुन १३, २०७५ | onlinenews
Share this

रामेछाप– हातेमालो अभियान नेपालद्धारा नन्दाबक्स गणका नेपाली सेनालाई एक जनाले पाँच जनाको ज्यान बचाउन सकिन्छ भन्ने अभियान अन्तर्गत तालिम दिएको छ ।
जीवन बचाउने अभियन सञ्चालन गरिहेको हातेमालो अभियान नेपालकी अध्यक्ष तथा तामकोशी सहकारी अस्पतालमा कार्यतर डा. लक्ष्मी पन्थलीले नन्दाबक्स गणमा पुगेर नेपाली सेनालाई तालिम दिएकी हुन् ।
तालिममा मानिसलाई खानेकुरा सर्किएको अवस्थामा, रक्तश्राप, बेहोस र हृदयघात भएको अवस्थामा अस्पताल पु¥याउनु अघि गर्न सकिने प्राथमिक उपचारको बारेमा जानकारी गराइएको थियो ।


४ घण्टा सञ्चालन गरिएको तालिममा नन्दाबक्स गणका ७० जना नेपाली सेनाको सहभागिता रहेको थियो ।
कुनै पनि आपद, विपद्को बेला घटना स्थलमा सबै भन्दा पहिले पुग्ने सुरक्षाकर्मी भएकाले विरामीलाई अस्पताल नपु¥याउँदासम्म जीवन बचाउने तालिम नेपालीलाई दिन आवश्यक ठानेर नेपाली सेनाको लागि तालिम दिइएको संस्थाकी अध्यक्ष लक्ष्मी पन्थीले बताइन ।
नेपालको शहरी तथा विकट सबै ठाउँमा जीवन बचाउन अभियान सञ्चालन गरिने पनिे डा. पन्थीले बताइन । अस्पताल पुग्नु अगाडि जीवन गुमाउनु पर्नेको संख्या टाउँदै लैजाने संस्थाको उद्देश्य रहेको पनि उनले बताइन ।
तालिम सकिएपछि नन्दाबक्स गणका प्रमुख सेनानी प्रमोदकुमार थापामाले जीवन बचाउन अभियान अन्तर्गत नेपाली सेनालाई तलिम दिएकोमा संस्थाकी अध्यक्ष डा. पन्थीलाई धन्यवाद ज्ञापन गरेका गरेका थिए ।
यस अघि सो संस्थाले मन्थली स्कूलका विद्यार्थी, शिक्षकहरु साथै मन्थलीका ट्राफिक प्रहरी तथा रामेछाप जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई समेत यो तालिम दिइसकेको छ ।

Share this

प्रतिकृया

Add