नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछापः प्रदेश नं. ३ रामेछाप जिल्लाको प्रदेशसभा ‘क’ का सांसद शान्तिप्रसाद पौडेलले भ्रष्टाचार नियन्त्रण गर्नको लागि अहिलेको खर्चिलो निर्वाचन प्रणाली परिवर्नत गर्नुपर्ने बताए । खर्चिलो निर्वाचन प्रणालीको कारण पनि भ्रष्टाचार बढेको सांसद पौडेलको भनाई छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ३ ले रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको “भ्रष्टाचार नियन्त्रण र सुशासन” विषयक अन्तरक्र्रिया कार्यक्रममा सांसद पौडेलले यस्तो बताएका हुन् ।
विकास निर्माणमा बिनास्टिमेट काम अगाडि बढाउँदा पनि समस्या भएको सांसद पौडेलको भनाई छ । जनप्रतिनिधिहरुलाई प्राविधिक कुरा थाहा नहुने भएकाले विकास निर्माणको योजनाहरुमा प्राविधिकको भूमिका महत्वपूर्ण हुने पौडेलले बताए ।
प्राविधिकहरुले सही काम नगरेको पनि सांसद पौडेलको आरोप छ । पौड्लले भने– जनप्रतिनिधलाई प्राविधिक ज्ञान नहुँदा काम विग्रन सक्छ तर ज्ञान शीप भएका प्राविधिकहरुले त ख्याल गर्नुप¥यो नि ।
चालू आर्थिक वर्षमा रामेछाप जिल्लाबाट अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा ३ सय ७ वटा उजुरी परेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय प्रदेश नम्बर ३ ले जनाएको छ ।
आयोगका अनुसार चालू आर्थिक वर्षमा प्रदेश नम्बर ३ मा परेका ७ सय २९ उजुरीहरु मध्यय ३ सय ७ वटा उजुरी रामेछाप जिल्लाबाट परेको हो ।
रामेछाप जिल्लाबाट परेका उजुरीहरुमा स्थानीय तहले शिक्षा, स्वास्थ्य र विकास निर्माणको काम कानूनी प्रक्रिया विपरीत गरेको, बन फडानी गरेको, नदीजन्य बस्तुको अवैध दोहन गरेको र जनप्रतिनिधिले अधिकारको दूरुपयोग गरेको जस्ता उजुरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ३ की प्रमुख हेमकला पाण्डेले बताइन ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ३ ले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन विषयक अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो जानकारी दिएकी हुन् ।
भ्रष्टाचार नियन्त्रणको लागि आयोग भित्रै र बाहिर पनि निर्ममतापूर्वक लागेको अख्तियार दूरुपयोग अनुसन्धन आयोगका सचिव प्रदीपकुमार कोइरालाले बताए । ७८ लाख रुपैयाँ भ्रष्टार गरेको अभियोगमा अख्तियारकै आयुक्तमाथि अनुसन्धान भइरहेको भन्दै आयोग बाहिर र आन्तरिक रुपमा पनि भ्रष्टाचार नियन्त्रण गर्न निर्ममतापूर्वक लगेको सचिव कोइरालाको भनाई छ ।
रामेछाप जिल्लबाट परेका उजुरीहरु मध्य २ सय ५५ वटाको फच्र्छौट भइसकेको र अन्य अनुसन्धानको प्रक्रियामा रहेको पनि उनले जानकारी दिए । भ्रष्टाचार गर्ने जो कसैलाई पनि नछोड्ने उनको भनाई छ ।
सदरमुकाम मन्थलीमा आयोजना गरिएको कार्यक्रममा रामेछाप जिल्लाको ८ वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।