तीन दिनको प्रयासपछि खुल्यो मन्थली–खुर्कोट सडक

 आइतवार, असार २९, २०७६ | onlinenews
Share this

रामेछाप– अविरल बर्षाका कारण खसेको पहिरो कारण अबरुद्ध बनेको रामेछापको मन्थली–खुर्कोट सडक सुचारु भएकोे छ ।
रामेछाप र सिन्धुली जिल्लाको सिमाना खुर्कोट नजिकको सुनकोशीको पुलको रामेछापतर्फको मुखमा खसेको पहिरो र ठूला ठूला डोजरले पन्छाएपछि आइतबार साँझबाट सडक खुलेको छ । पुलको मुखनै बन्द हुने गरी पहिरो खसेपछि ३ दिनदेखि सो सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध बन्दा सिंगो रामेछाप सहित, दोलखा र ओखलढूंगाका केही भागका सर्वसाधारणहरु समेत मारमा परेका थिए
तत्काल सडक सञ्चालन गर्नुपर्ने जिल्लाको आवश्यकता महशुस गरी पानी र निरन्तर खस्ने पहिरोका त्रासकाबीच पनि कठिनाइका बाबजुद लामो प्रयास पश्चात बाटो खुलाउन सकिएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी (पाण्डे) ले बताइन । तत्कालका लागि बाटो सञ्चालन गरिएको भएता पनि सो खण्डमा यात्रा गर्दा सावधानी अपनाएर हिडुनु पर्ने अवस्था भने अझै कायम नै रहेको छ ।

Share this

प्रतिकृया

Add