सरकारी कर्मचारीको मनखुसी, प्रशासनले स्पष्टिकरण लिने

 बुधबार, साउन २९, २०७६ | onlinenews
Share this

रामेछाप– आफ्नो मनखुसी गर्ने सरकारी कर्मचारीहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछापले स्पष्टिकरण लिने भएको छ । जिल्लाको अधिकांस सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरु कार्यालय समयमा कार्यालयमा भेटिदैनन् । कर्मचारीहरु कार्यालयमा नबस्दा सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा रहेका सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ । अनुगमनको क्रममा ४१ जना कार्यालय समयमा अनुपस्थित रहेको, ३९ जनाले परिचय पत्र नलगाएको र २२ जनाले पोषाक नलगाएको भेटिएको थियो ।
अनुगमनको क्रममा अधिकांस कर्मचारीहरु आपूmखुसी चालेको पाइएकाले सरकारी नियमको पालना नगर्ने कर्मचारीहरुलाई स्पष्टिकरण सोधीने जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।
सरकारी नियमको पालना नगर्ने कर्मचारीलाई स्पष्टिकरण सोधिने र चित्त बुझ्दो जवाफ नआए उनीहरुलाई नियम अनुसार कारबाहीको लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

Share this

प्रतिकृया

Add