नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप–प्रदेश नम्बर ३ को अर्थ तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले नेकपाको सरकारले कसैको खल्तीबाट खोसेर नभई जनताको मतबाट दुई तिहाई ल्याएको बताए ।
चोकमा, गल्लीमा भेट्दा र चिया पसलमा पनि दुई तिहाइको सरकार भनेर खिसीट्यूरी गर्ने गरेको भन्दै, यो सरकारले दुई तिहाई अरुको खल्तीबाट खोसेर ल्याएको नभई जनताको मतबाट आएकोले खिसिट्यूरी नगर आग्रह गरे ।
नेकपाको सरकारले जनताको पक्षमा काम गर्न सकेन भने अर्को पटक नेपाली काँग्रेस या अरु कुनै पार्टी सरकारमा आउँछ अनौठो मान्नु पर्ने कुरा छैन उनले भने । अर्थमन्त्री ढुङ्गेलले भने– अहिले नेकपाले बारीमा काउली लगाएको छ, अर्को पटक पनि काउली लगाउँछ, काउली लगाउन सकेन भने काँग्रेसले भ्याण्टा लगाएर खान्छ के फरक पर्छ ।
रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालीत रेडियो तामाकोशीको दोश्रो वार्षिक साधारणसभा तथा साँस्कृति कार्यक्रमलाई संवोधन गर्दै मन्त्री ढुङ्गेलले यस्तो बताएका हुन् ।
अर्थमन्त्री ढुङ्गेलले नेकपाले अझै २० वर्ष सरकार चालाउने पनि दावि गरे । उनले सञ्चार मिडियाहरुले ट्रफिक जस्तो भएर नेता र सरकारलाई सही बाटोमा हिडाउन खबरदारी गरिरहन पनि आग्रह गरे ।