नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
१८ पौष, रामेछाप–प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले नेपालमा राजनीतिक लडाई सकिएर समृद्धिको लडाई सुरु भएको बताए । समाजवाद उन्मुख समाज निर्माण गर्नको लागि आर्थिक समृद्धि हुनुपर्ने उनको भनाई छ ।
समृद्धिको मूल आधार उत्पादन भएकाले उत्पादनमा जोड दिन मन्त्री लामाले स्थानीय सरकारलाई आग्रह गरे । भ्रमण वर्ष २०२० को शुभारम्भमा सुनापति गाउँपालिकाले आयोजना गरेको पर्यटन प्रवद्र्धन तथा भ्रमण कार्यक्रमलाई संवोधन गर्दै मन्त्री लामाले यस्तो बताएका हुन् ।
सुनापति गाउँपालिकाले पर्यटन प्रवद्र्धन तथा भ्रमण कार्यक्रमको प्रारम्भ सुनापति गाउँपालिकको डोग्मास्थित मालगेडीको विरुवा रोपेर गरेको हो । मन्त्री लामाले सुनापति गाउँपालिकामा मिश्रीत हावापानी भएको भन्दै तरकारी र फलपूmलको खेती गर्न कृषकहरुलाई आग्रह गरेका छन् ।
गाउँपालिकाको माटो परीक्षण गरि ब्यवसायिक कृषि खेतीको लागि स्थानीय सरकारले गर्नसक्ने, प्रदेश सरकार र संघीय सरकारले गर्नुपर्ने काम सहित स्पष्ट गरेर डिपीआर तयार गर्न मन्त्री लामाले गाउँपालिकालाई आग्रह गरेका छन् ।
गाउँपालिका स्पष्ट डिपीआर सहित आए प्रदेश सरकार गाउँपालिकासँग संगसँगै रहेर काम गर्न तयार रहेको मन्त्री लामाले बताए । सुनापति गाउँपालिकाको समृद्धिको आधार कृषि र पर्यटन नै भएको भन्दै पर्यटन विकासको लागि होमस्टे र पार्कहरुको निर्माण गर्न समेत उनले आग्रह गरे ।
सुनापति गाउँपालिकामा पर्यटकले हेर्ने चिजहरु प्रसस्तै रहेकाले त्यहाँका स्थानीयले मिठो बोलेर पाहुनाको सत्कार गरेमात्रै पनि पर्यटकको ओइरो लाग्ने मन्त्री लामाको भनाई छ । पर्यटन र आधुनिक कृषिको विकासबाट नै सुनापाति गाउँपालिकालाई सुखि र समृद्ध सुनापति बनाउन सकिने मन्त्री लामा बताए ।
सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले सुनापाति गाउँपालिकालाई कृषि पकेट क्षेत्र र पर्यटनको गन्तब्य बनाउने गरि गाउँपालिकाले काम गरिरहेको बताए । पर्यटन विकासको लागि होमस्टेको समस्या रहेको भन्दै होमस्टे निर्माण गर्न स्थानीयलाई आग्रह आग्रह गर्दै त्यसको लागि गाउँपालिकाले सहयोग गर्ने पनि बताए ।
किवि पकेट क्षेत्रको लागि प्रदेश कृषि मन्त्रालयबाट आउनुपर्ने १ करोड बजेट छिट्टै पठाइदिन पनि गाउँपालिका अध्यक्ष लामाले कृषि मन्त्रीलाई अनुरोध गरे । पर्यटन विकासको लागि संघीय सरकारबाट पनि १ करोड रुपैयाँ बजेट परेको जानकारी गराउँदै पर्यटन विकासका लागि सबै पक्षसँग सल्लाह गरेर अगाडि बढ्ने बताए ।
भ्रमण वर्षको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा स्थानीय जातजातिको झाँकी तथा संस्कृतिहरु प्रस्तुत गरिएको थियो ।