नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
७ वैशाख, रामेछाप– सामुदायिक विकास समाज (सीडीएस) द्धारा सञ्चालीत बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले खाँडादेवि गाउँपालिका र सुनापति गाउँपालिकालाई (कोभीड १९) कोरोना भाइसरबाट बच्न सुरक्षा सामग्री प्रदान गरेको छ ।
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमितको संख्या नेपालमा पनि बृद्धि भइरहेको बेल स्वास्थ्यकर्मी र अग्रभागमा रहेर सेवा प्रवाह गर्ने निकायका ब्यक्तिहरुको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्य अनुरुप परियोजनाले पिएसएफ जक्जेम्वर्गको आर्थिक सहयोगमा टिडीएस जर्मनी मार्फत सुरक्षा सामग्री प्रदान गरेको हो ।
परियोजनाले खाँडादेवि गाउँपालिकालाई ज्वरो नाप्ने थर्मागन १० थान, पीपीई सेट १५ थान, सर्जिकल मास्क एक हजार थान, र एन ९५ मास्क १ सय ६० थान प्रदान गरिएको परियोजनाका संयोजक तिलक कार्कीले जानकारी दिए ।
त्यसैगरी सुनापति गाउँपालिकामा थर्मागनको मात्र माग भएकाले १० थान थर्मागन प्रदान गरिएको कार्कीले जानकारी बताए । सो सामग्री सामुदायिक विकास समाज (सीडीएस) का कार्यकारी निर्देशक मिलनकुमार घिसिङद्धारा खाँडादेवि गाउँपालिका उप–प्रमुख मखमली श्रेष्ठ र सुनापति गाउँपालिका अध्यक्ष धावा लामालाई हस्तान्तरण गरिएको हो । परियोजनाले आफ्नो कार्यक्षेत्रमा पर्ने गाउँपालिकाहरुमा कोरोना भाइरसबाट बच्न सुरक्षा सामग्री प्रदान गरेको हो ।