डिस्चार्ज भएका दुई जना कोरोना संक्रमित पुनः आइसोलेसनमा

 आइतवार, बैशाख २१, २०७७ | onlinenews
Share this

२१ वैशाख, बारा– नारायणी अस्पतालबाट कोरोनाको उपचारपछी निको भएर घर फर्किएका दुई जनालाई पुनः अस्पताल भर्ना गरिएको छ ।
गत बैशाख १४ गते एकैसाथ डिस्चार्ज गरिएका रौतहटका १९ वर्षिय युवक र वीरगञ्जको छपकैयास्थित मस्जीदमा बस्दै आएका एक भारतीय जमातीको स्वास्थ्यमा समस्या देखिएपछि दुवैजनालाई पुनः अस्पताल भर्ना गरिएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता, रामप्रसाद घिमिरेले जानकारी दिए ।
उनीहरूमा कोरोना संक्रमणको जस्तै लक्षण देखिन थालेपपछि पुनः नारायणी अस्पतालको आइसोलेसनमा राखी स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको प्रवक्ता घिमिरेले जानकारी दिएका छन् ।

Share this

प्रतिकृया

Add