धादिङको दुई गाउँपालिकामा दादुरा रुवेला संक्रमण

 आइतवार, बैशाख २१, २०७७ | onlinenews
Share this

२१ वैशाख, धादिङ– धादिङ जिल्लाको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा दादुरा रुवेला रोगको संक्रमण फैलिएको छ ।
धादिङ जिल्लामा दादुरा रुबेला रोगको ल्याव परीक्षण गर्दा ४७ जना संक्रमित भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । गत पौष महिनादेखि सुरु भएको दादुरा संक्रमण हाल धादिङ, काठमाडौं, चितवन, झापा, गोरखा, सर्लाही र ललितपुर गरी सात जिल्लामा महामारीको रुपमा फैलिएको छ ।
स्वास्थ्य कार्यालय धादिङको तथ्याङक अनुसार दादुरा संक्रमण फैलिएको सात जिल्ला मध्ये धादिङमा सबै भन्दा बढी ४७ जनामा प्रकोप फैलिएको छ । दादुराकै कारण धादिङमा चैत्र महिनामा २ जना शिशुको मृत्यु भैसकेको छ । दादुरा संक्रमणबाट मृत्यु हुनेमा ४ महिनादेखि ४० वर्षसम्मका मानिसहरु रहेका छन् ।
धादिङ जिल्लाको विभिन्न स्थानहरुमा पटक–पटक ठूलो संख्यामा यो रोगको संक्रमितहरु देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार आइतबारसम्म गजुरी र बेनिघाटका ६ महिनादेखि १५ वर्षसम्मका १० हजार बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइएको छ ।

Share this

प्रतिकृया

Add