क्वारेन्टाइनबाटै सिर्जनात्मक काम

 मङ्लबार, जेष्ठ २०, २०७७ | onlinenews
Share this

२० जेठ, रामेछाप– रामेछाप नगरपालिकाको क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु क्वारेन्टाइनमा मात्र बसेका छैनन्, सिर्जनात्मक काम समेत गरिरहका छन् । रामेछाप बजार नजिकै रहेको बालमन्दीर आधारभूत विद्यालयमा र गौरीशंकर माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा २८ जना रहेका छन् । उनीहरु क्वारेन्टाइनमा बसेका मात्र छैनन् विद्यालयको वरिपरि बगैचा बनाउने र फूल रोप्ने काम पनि गरिरहेका छन् ।
क्वारेन्टाइमा बसिरहँदा मानसिक दवाव नपरोस् भन्ने उद्देश्यले उनीहरुलाई विद्यालयको परिवरि सीमित क्षेत्रभित्र बगैचा बनाउने र रनोरञ्जनको लागि खेल खेल्ने समेत सुविधा दिइएको रामेछाप नागरपालिका उपप्रमुख सृजना खड्काले बताइन ।
क्वारेन्टाइमा बसेकाहरुको रेखदेख र उनीहरुलाई आवश्यक परेको सामग्री ब्यवस्थापनको लागि नगरपालिकाले पहरेदार नै खटाएको छ । क्वारेन्टाइमा बस्ने र खाने ब्यवस्था पनि राम्रो भएको क्वारेन्टाइमा बसेकाहरुको भनाई छ । मन लागेको बेला विद्यालयको प्राङगणमा खेल्न पाउँदा उनीहरु अझ खुसी भएका छन् ।
बालमन्दीर आधारभूति विद्यालयको क्वारेन्टाइनमा बसेकाहरु केही भारतबाट र नेपालकै विभिन्न ठाउँबाट आएका हुन् । उनीहरु आफै पनि सचेत छन् र उनीहरुले क्वारेन्टाइनमा बस्नुलाई समान्य रुपमा लिएका छन् । क्वारेन्टाइनमा बसेकाहरुको अवस्थाको बारेमा दैनिक जानकारी लिने गरिएको र उनीहरुको लागि सकेसम्म राम्रै ब्यवस्था गरिएको उपप्रमुख खड्काले बताइन ।
पछिल्ला समय बाहिरबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको पनि उप–प्रमुख सृजना खड्काले जानकारी दिइन । उपप्रमुख खड्का अनुसार रामेछाप बजारमा मात्रै एकसय बेड क्षमताको क्वारेन्टाइन बनाइदै छ । अहिले ७५ बडेको बनिसेको छ ।

Share this

प्रतिकृया

Add