कोरोना संक्रमितलाई अपमान गरे कानूनी कारबाही हुन्छ

 बिहिबार, भदौ ११, २०७७ | onlinenews
Share this

११ भदौ, रामेछाप– विश्वब्यापी रुपमा फैलिरहेको कारोनोभाइरस संक्रमणको महामारि रोकथाम तथा नियन्त्रणका लागि अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, संक्रमित व्यक्ति र संक्रमितका परिवारलाई अपमानजन ब्यवहार गरेको पाइएको भन्दै त्यस्ता ब्यक्ति वा समूहलाई कानूनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
संक्रमित तथा संक्रमितको परिवारमाथि विभिन्न उश्रृखल समूह र व्यक्तिबाट दूव्र्यवहार र अपमानजनक ब्यवहार भएको पाइएको भन्दै त्यस्ता ब्यक्तिलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने प्रशासनले जनाएको हो ।
संक्रमित ब्यक्ति र संक्रमितका परिवारमाथि दुब्र्यवहार र अपमानजन ब्यवहार भएको वभिन्न सूचना तथा सञ्चार माध्यम मार्फत सार्वजनिक भइरहेको अवस्थामा त्यस्ता गैरकानूनी, अमानवीय र अपमानजनक कार्य हुन र गर्न नदिन सम्बन्धित सबैमा जिल्ला प्रशासन कार्यालय रामेछापले अनुरोध समेत गरेका छ । उल्लेखित कार्यहरु भए गरेको पाइएमा प्रचलीत कानून बमोजिम कारबाही गरिने छ, प्रशासनले भनेको छ ।

Share this

प्रतिकृया

Add