महिला भलिबलतर्फ काकलिङ मावि र सुर्के मावि फाइनमा प्रवेश

 मङ्लबार, चैत्र ३, २०७७ | onlinenews

रामेछाप– रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा महिला भलिबलतर्फ काकलिङ माध्यमिक विद्यालय दोरम्बा र सुर्के माध्यमिक विद्यालय देउराली फाइनलमा प्रवेश गरेका छन् ।
महिलातर्फको भलिबल प्रतियोगिता अन्तर्गत सुर्के माध्यमिक विद्यालयले कालिका माध्यमिक विद्यालयलाई २५–१२ को सोझो सेटमा पराजित गरेको हो भने काकलिङ माध्यमिक विद्यालयले कण्ठेश्वर माध्यमिक विद्यालयलाई २५–१४ र २५–५ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।


त्यसैगरी काराँतेतर्फको खेलमा ४० केजी समूहमा काकलिङ माध्यमिक विद्यालय दोरम्बाका मिङ्मा माङ्जी शेर्पा प्रथम भएकी छन् भने कण्ठेश्व माध्यमिक विद्यालयका आशा थापामगर द्धितीय भएकी छन् ।
४२ केजी समूहमा काकालिङ माध्यमिक विद्यालयका सुमन श्रेष्ठ प्रथम भएका छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयका श्रीराम श्रेष्ठ द्धितीय भएका छन् । त्यसैगरी कण्ठेश्वर माध्यमिक विद्यालयका सचिन विक र काकलिङ्ग माध्यमिक विद्यालयका पवन श्रेष्ठ तृतीय भएका छन् ।
४५ केजी समूहमा सेतिदेवि माध्यमिक विद्यायको कल्पना श्रेष्ठ प्रथम भएकी छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयको चेलीमाय श्रेष्ठ द्धितीय भएकी छन् ।
त्यस्तै ४७ केजी समूहमा कण्ठेश्वर माध्यमिक विद्यालयका संगम कडेल प्रथम भएका छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयकै डेकेन कडेल द्धितीय भएका छन् । त्यस्तै सेतिदेवि माध्यमिक विद्यालयका टिकाराम थापामगर र काकलिङ माध्यमिक विद्यालयका सन्दिप महते तृतीय भएका छन् ।


५० केजी समूहमा कण्ठेश्वर माध्यमिक विद्यालयका अस्मिता थापामगर प्रथम भएकी छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयकै सजिना कडेल द्धितीय भएकी छन् ।
५२ केजी समूहमा सेतिदेवि माध्यमिक विद्यायका रामचन्द्र नगरकोटी प्रथम भएका छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयका उत्तम थामी द्धितीय भएका छन् ।


प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पहिलो दिन कपर्डी प्रतियोगिता अन्तर्गत दुई खेल भएका छन् । जसमा अन्तर्राष्ट्रिय युवा वर्ष माध्यमिक विद्यालय र खारपानी माध्यमिक विद्यालयबीच भएको खेलमा अन्तर्राष्ट्रिय युवा वर्ष माविले ४२ अंक पाएको छ भने खारपानीले २५ अंग प्राप्त गरेको छ । त्यसैगरी कण्ठेश्वर माध्यमिक विद्यालय र सेतिदेवि माध्यमिक विद्यालयबीच भएको खेलमा कण्ठेश्वर माध्यमिक विद्यालय ४५ अंक र सेतीदेवि माविले १८ अंक पाएको छ ।

प्रतिकृया

Add