जीवन विकास लघुवित्तले जीवनस्तर सुधाको काम गर्छ : मण्डल

 आइतवार, जेष्ठ ६, २०८१ | onlinenews

 

रामेछाप- जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जीवन विकास लघुवित्त संस्थाले नागरिकको जीवनस्तर सुधारको लागि का मगर्दै आएको बताए । यस संस्थाले अन्य लघुवित्तभन्दा फरक शैलीमा काम गर्दै आएको उनको भनाइ छ । रामेछाप नगरपालिका–९ ल्याङ्ल्याङ्मा भिमसेनस्थान शाखाद्धारा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मण्डलले संस्थाले पार्दर्शी रुपमा काम गरेको बताए ।

कार्यक्रमको विशेष अथिति रहेका रामेछाप नगरपालिका–९ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले आफनो वडामा जीवन विकासले निकै राम्रो काम गरेको बताए । वडाको सबै टोल वस्तीको हरेक घरहरुमा पुगेर संस्थाले सेवा दिइरहेको भन्दै वडाले यो संस्थासँग मिलेर महिला उद्यमशीलता र स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको बताए ।

सो कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका–८ का कार्यबाहक वडाध्यक्ष अर्जुन नेवा खड्गीले हरेक वित्तीय संस्थाले ऋण लगानी गर्दा वडासँग समन्वय गर्न आग्रह गरे । संस्थाहरुले आफू खुसी ऋण लगानी गर्दा धेरै नागरिकहरु समस्यामा परेको उनको भनाइ थियो । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका तालिम विभाग प्रमुख रन्जना निरौलाले संस्थाले गरिरहेको काम र वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम बारे जानकारी गराएकी थिइन् । संस्थाको आफनै विद्यालय र अस्पताल समेत रहेको उनले बताइन् ।

यस संस्थाले गरिब तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क ट्यूसन कक्षा सञ्चालन गर्दै आएको निरौलाले जानकारी दिइन् । संस्थाले विद्यालयमा पढ्दै कमाउँदै कक्षा समेत संचालन गर्दै आएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने र उद्यमशीलता विकास सम्बन्धि धेरै कामहरु संस्थाले गरेको तालिम विभाग प्रमुख निरौलाको भनाइ थियो । साथै भिमेश्वर आधारभूत विद्यालय ल्याङ्ल्याङ्का ५ जना गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई एक वर्षको विद्यालय शुल्क, विद्यालय पोशाक र शैक्षिक सामग्री संस्थाले उपलब्ध गराउने घोषणा समेत गरेको छ । कार्यक्रममा लघुवित्तका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुका साथै उत्कृष्ट ऋणी, बचतकर्ता, उद्यमी तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

प्रतिकृया

Add