प्रथम दोरम्बा राष्ट्रपति रनिङ्ग शिल्डः ९ स्वर्ण सहित काकलिङ्ग मावि अग्रस्थानमा

 बिहिबार, चैत्र ५, २०७७ | onlinenews

रामेछाप– रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको दोश्रो दिनसम्म ९ स्वर्ण सहित काकलिङ्ग माध्यमिक विद्यालय अग्रस्थानमा रहेको छ ।
काकलिङ्ग माध्यमिक विद्यालयले कराँतेमा ३ स्वर्ण, कपर्डीमा छात्रातर्फ १ स्वर्ण, भलिबल छात्रातर्फ १, छात्रा २ सय मिटर दौडमा १, छात्रा १ हजार ५ सय मिटर दौड १, छात्रा ४ सय मिटर दौड १ र छात्रतर्फ ३ हजार मिटर दौडमा १ स्वर्ण सहित अग्रस्थान कायम गरेको हो ।
बुधबार भएको खेलमा कपर्डीतर्फ काकलिङ्ग माध्यमिक विद्यालय दोरम्बा प्रथम, अन्तर्राष्ट्रिय युवा वर्ष माध्यमिक विद्यालय लखनपुर द्धितीय र भिमेश्वर माध्यमिक विद्यालय लखनपुरले तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरी छात्रतर्फ कालिका माध्यमिक विद्यायल रिष्टे प्रथम, कण्ठेश्वर माध्यमिक विद्यालय टोकरपुर द्धितीय र काकलिङ्ग माध्यमिक विद्यालय तृतीय भएका छन् ।
लङजम्प छात्रतर्फ सुर्के देउराी माध्यमिक विद्यालयको युनिक राना ५.८० मिटर जम्प गरि प्रथम भएका छन् भने काकलिङ्ग माध्यमिक विद्यालय दोरम्बाको लाप्साङ योञ्जनले ४.६३ मिटर जम्प गरि द्धितीय भएका छन् । त्यसैगरी भिमेश्वर माध्यमिक विद्यालयको इमानुयल तामाङ ४.५९ मिटर जम्प गरि तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ भिमेश्वर माध्यमिक विद्यालयको कमला श्रेष्ठ ३.५० मिटर जम्प गरि प्रथम भएकी छन् । त्यसैगरी कालिका माध्यमिक विद्यालयको मञ्जु गौतम ३.३० मिटर जम्प गरि द्धितीय भएकी छन् भने काकलिङ्ग माध्यमिक विद्यालयको शान्ति घिसिङ तृतीय भएकी छन् ।
चारसय मिटर दौड छात्रतर्फत काकलिङ्ग माध्यमिक विद्यालयको रामकुमार योञ्जन प्रथम भएका छन् भने सेतिदेवि माध्यमिक विद्यालयका सुजल मोक्तान द्धितीय भएका छन् । त्यसैगरी कालिका माध्यमिक विद्यालयको सञ्जीव योञ्जन तृतीय भएका छन् ।
दुई सय मिटर छात्रा दडौतर्फ काकलिङ्ग माध्यमिक विद्यालयको एलिना लामा प्रथम, आर्जु वि.क. द्धितीय र सेतिदेवि माध्यमिक विद्यालयको विन्दा श्रेष्ठ तृतीय भएकी छन् ।
१ हजार ५ सय मिटर दौड छात्रातर्फ काकलिङ्ग माध्यमिक विद्यालयको सविता रजानमगर प्रथम, सेतिदेवि माध्यमिक विद्यालयको विन्द श्रेष्ठ द्धितीय र सुर्के देउराली माध्यमिक विद्यालयको मुना रजानमगर तृतीय भएकी छन् ।
३ हजार मिटर दौड छात्रतर्फ काकलिङ्ग माध्यमिक विद्यालयका लक्ष्मण घिसिङ प्रथम, रामकुमार योञ्जन द्धितीय र सेतिदेवि माध्यमिक विद्यालय गुन्सालको सुजन मोक्तान तृतीय भएका छन् ।

प्रतिकृया

Add