काकलिङ मावि दोरम्बाले उचाल्यो दोरम्बा प्रथम राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

 बिहिबार, चैत्र ५, २०७७ | onlinenews

रामेछाप–रामेछापको दोरम्बा गाउँपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको रनिङ्ग शिल्ड काकलिङ माध्यमिक विद्यालयले उचालेको छ । काकलिङ माध्यमिक विद्यालय दोरम्बाले ९ स्वर्ण, ५ रजत र ७ कास्य सहित प्रथम रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड उचालेको हो ।
प्रथम स्थान हासिल गरेको काकलिङ माध्यमिक विद्यालयले छात्रा भलिबल, एथ्लेटिक्स छात्रा २ सय मिटर, एथ्लेटिक्स छात्रा १ हजार ५ सय मिटर, एथ्लेटिक्स छात्र ४ सय मिटर एथ्लेटिक्स छात्र ३ हजार मिटर, कराँते छात्र ४२ केजी मुनी, कराँते छात्रा ४० केजी मुनी, कराँते एकल छात्रा, कबर्डी छात्रातर्फ १ गरि ९ स्वर्ण जित्त सफल भएको छ । त्यसैगरी एथ्लेटिक्स छात्रा २ सय मिटर, एथ्लेटिक्स छात्र ३ हजार मिटर, लङजम्प छात्रा, कराँते ४२ केजी मुनी छात्र र काता एकल छात्रा गरि ५ रजत जित्न सफल भएको छ भने लङजम्प छात्रा, कराँते ४२ केजी मुनी छात्र, कराँते ४७ केजी मुनी छात्र २, कराँते ४५ केजी मुनी छात्रा, कबर्डी छात्रा र भलिबल गरि ७ कास्य जित्न सफल भएको हो ।


गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सेतिदेवि माध्यमिक विद्यालय दोरम्बा–५ गुन्सालले ३ स्वर्ण, ३ रजत र ५ कास्य जित्दै द्धितीय स्थान हासिल गरेको छ । सेतिदेवि माविले कराँते ५२ केजी मुनी छात्र, ४५ केजी मुनी छात्रा, काँता एकल छात्र गरि ३ स्वर्ण, एथ्लेटिक्स १ हजार ५ सय मिटर छात्रा, एथ्लेटिक्स छात्र ४ सय मिटर र काँता एक छात्रा गरि ३ रजत र एथ्लेटिक्स २ सय मिटर छात्रा, एथ्लेटिक्स ३ हजार मिटर छात्र, कराँते ५२ केजी मुनी छात्र, ४० केजी मुनी छात्रा र ५० केजी मुनी छात्रा गरि ५ कास्य जितेको छ ।

त्यसैगरी  २ स्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गरि कण्ठेश्वर माध्यमिक विद्यालयले प्रतियोगिताको तेश्रो स्थान हासिल गरेको छ । कण्ठेश्वर माध्यमिक विद्यालयले कराँते ४७ केजी मुनी छात्र र ५० केजी मुनी छात्रा गरि २ स्वर्ण जितेको छ । त्यसैगरी कराँते ४७ केजी मुनी छात्र, ५२ केजी मुनी छात्र, ५० केजी मुनी छात्रा, ४५ केजी मुनी छात्रा, कबर्डी छात्रा गरि ६ रजत प्राप्त गरेको छ भने छात्रा भलिबल, कराँते ४२ केजी मुनी, काँता एकल छात्र, काताँ एकल छात्रा गरि ४ कास्य जित्न सफल भएको छ ।

कालिका माध्यमिक विद्यालय दोरम्बा–६ रिष्ठेले भलिबल र कबर्डी गरि दुई स्वर्ण जितेको छ भने लङजम्प छात्रातर्फ एक रजत र एथ्लेटिक्स ४ सय मिटर छात्रतर्फ एक कास्य जितेको छ ।
त्यसैगरी भिमेश्वर माध्यमिक विद्यालय दोरम्बा–७ थापागाउँले लङजम्प छात्रातर्फ एक स्वर्ण जितेको छ भने लङजम्प छात्र एक र कबर्डी छात्रा १ गरि दुई कास्य जितेको छ ।
सुर्के देउराली माध्यमिक विद्यालय दोरम्बा–१ सुर्केले लङजम्प छात्रतर्फ एक स्वर्ण, छात्रा भलिबलतर्फ १ रजत र एथ्लेटिक्स छात्रा १ हजार ५ सय मिटरमा १ कास्य जितेको छ । त्यस्तै अन्तर्राष्ट्रिय युवा वर्ष माध्यमिक विद्यालय दोरम्बा–७ पुँडीघ्यांङले कबर्डी छात्रातर्फ एक रजत जितेको छ । प्रतियोगितामा दोरम्बा गाउँपालिका अन्तर्गतका ९ वटा माध्यमिक विद्यालयहरुले भाग लिएका थिए ।

कालिका युवा क्लव रिष्ठे रामेछापको सूचना

प्रतिकृया

Add