अवैध काठ ओसारपसार गर्ने २ जना पक्राउ

 बिहिबार, बैशाख २, २०७८ | onlinenews

रामेछाप– अवैध रुपमा काठ ओसारपसार गर्ने एक ट्याक्टरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मन्थली नगरपालिका–१ का ६० वर्षीय चेतमान सार्की र वडा नं. २ का २७ वर्षीय रामबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
मन्थली नगरपालिका–११ स्थित पुन्थलीबाट सिसौ जातको २० थान काठ अवैध रुपमा लिएर मन्थलीतर्फ आउँदै गरेको ज १ त ८०२५ नम्बरको ट्याक्रसहित चालक श्रेष्ठ र अवैध काठ ढुवानी गर्ने सार्कीलाई बुधबार राती मन्थलीस्थित आकाशेमा चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी हिरासतमा रहेका अवैध रुपमा काठ बोक्ने ट्याक्रका चालक श्रेष्ठ र सार्कीमाथि थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशङ्कर श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया

Add