नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
नवराज विश्वकर्मा
रामेछाप– रामेछाप जिल्लामा चालू आर्थिक वर्षमा ४२ किलोमिटर सडक कालोपत्रे गर्ने गरि काम भइरहेको छ । बागमती प्रदेश सरकारको प्रादेशिक शीर्षकतर्फको बजेटबाट विनियोजित बजेटबाट आर्थिक वर्ष २०७७÷०७८ मा ४२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य अनुसार काम भइरहेको पूर्वाधार विकास कार्यालय रामेछापले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म २७ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न भइसकेको छ । कुल १७ करोड रुपैयाँको लागत सम्झौता अनुसार आर्थिक वर्ष २०७६÷०७७ देखि सुरु गरिएको मन्थली–मदौ–रालटार–समारीथान–सालु सडकको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । ७.६ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको त्यस सकडको निर्माण कार्य भइरहेको छ ।
यस्तै, २४ करोड लागत सम्झौतामा सुरु गरिएको सित्खा–भीरपानी–गोगनपानी–फुल्पा–धुले–मेगर्पा–भदौरे–भोटनागी सडक कालोपत्रेको काम भइरहेको पूर्वाधार विकास कार्यालय रामेछापका सूचना अधिकारी इन्जिनियर पुरुषोत्तम महर्जनले जानकारी दिए ।
यस वर्ष १० दशमलव ३ प्रतिशत कालोपत्रे गर्ने लक्ष्य अनुसार काम सञ्चालन भइरहेको सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको उनले बताए । मन्थली–गाल्वा–चौरी खोला सडक कालोपत्रेको काम पनि भइरहेको सूचना अधिकारी महर्जनको भनाई छ ।
दुई खण्डमा विभाज गरेर कालोपत्रेको काम थालिएको सो सडकको पहिलो खण्डको काम सुरु हुन बाँकी रहेको छ । पहिलो खण्ड अन्तर्गत साँढे ५ किलोमिटर कालोपत्रेको लागि १८ करोड रुपैयाँको लागत सम्झौता भएको छ । दोस्रो खण्ड अन्तर्गत भटौली–गोगनपानी–सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।
१० दशमलव २ किलोमिटर कालोपत्रे गर्नुपर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको सूचना अधिकारी महर्जनले बताए । त्यस सडकको लागत सम्झौता २४ करोड रुपैयाँ छ । यसैबीच, साना सडक कालोपत्रे योजना अन्तर्गत कुल १० करोड रुपैयाँको लागत सम्झौतामा सञ्चालन गरिएको खैरेनीघाट–बेथान–गाल्वा सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।
यस वर्ष यो सडकको ३ किलो मिटर कालोपत्रे गर्ने लक्ष्य छ । चार करोड रुपैयाँ लागत सम्झौता रहेको खिम्ती–बेताली–रस्नालु–ठोसे सडक खण्डको कालोपत्रेको काम पनि अन्तिम चरणमा पुगेको छ । यस वर्ष २ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य अनुसार काम भइरहेको सूचना अधिकारी महर्जनले बताए ।
यस्तै, चार करोड रुपैयाँको लागत सम्झौतामा कालोपत्रेको काम सुरु गरिएको कालोचौतारा–सिंगटी–डालक–च्यादलु सडक काम सुरु हुन बाँकी रहेको पूर्वाधार विकास कार्यालय रामेछाले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष त्यस सडकको डेढ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ । १ दशमलव ३ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यका साथ अघि बढाइएको लखनपुर–गाल्वा सडक कालोपत्रको काम पनि सुरु हुन बाँकीनै छ । जसको २ करोड ५० लाख रुपैयाँ लागत सम्झौता रहेको छ ।
यसैगरी, एक करोड रुपैयाँको लागत सम्झौतामा सञ्चालन गरिएको मन्थली–सुनारपानी–सालुपाटी सडक कालोपत्रेको काम पनि सुरु हुन बाँकी छ । यो वर्ष त्यस सडकको ६ सय मिटर कालोपत्रे गर्ने लक्ष्य रहेको सूचना अधिकारी महर्जनले बताए ।
चालू आर्थिक वर्षमा कालोपत्रे गर्ने लक्ष्य लिएका सडक कार्यपत्रेको काम आगामी एक महिनाभित्रमा सम्पन्न भइसक्ने पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख सोमराज तिमल्सिनाले जानकारी दिएका छन् ।