प्रहरी निरीक्षक रोशन थापा चैत्र महिनाको सर्बोकृष्ट प्रदेश प्रहरी

 बुधबार, बैशाख ८, २०७८ | onlinenews
Share this

हेटौंडा– बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापा २०७७ सला चैत्र महिनाको सर्बोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको मूल्यांकन गरि कार्यसम्पादनको स्तरमा प्रभावकारीता र थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयले प्रत्येक महिला एकजना प्रहरी कर्मचारीलाई सर्बोत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापाले आपूmलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गरेकाले उनको कार्यमूल्यांकनको आधारमा सर्बोत्कृष्ट महिना प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मिरा चौधरीले जानकारी दिइन ।
प्रदेश प्रहरी कार्यालयबाट सञ्चालन गरिएको टेलिभिजन कार्यक्रम निर्माण, सम्पादन, र सञ्चालन लगायतका कार्यहरुमा नियमित खटिई उत्कृष्ट श्रव्यदृष्य सामाग्री समेटिएको टेलिभिजन कार्यक्रम निर्माण गरेको, प्रदेश अन्तर्गत २२ वटा भन्दा बढि रेडियो स्टेशनहरुबाट समेत पाक्षिक रुपमा प्रसारणको व्यवस्थाको लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको, प्रदेश प्रहरी प्रमुख र मातहत प्रहरी कर्यालय प्रमुखहरुबीच भएको कार्य सम्पादन सम्झौताको मासिक प्रगति विवरणको मुल्यांकन गर्ने कार्यमा अहम जिम्मेवारी निर्वाह गरेको बताइएको छ ।
त्यसैगरी संगठन प्रमुख र प्रदेश प्रहरी प्रमुखबीच भएको कार्य सम्पादन सम्झौता एवं नेपाल प्रहरीको बार्षिक कार्ययोजनामा समेटिएका योजना क्रियाकलापहरुको नियमित संचालन तथा सम्पादित कार्यहरुको समूचित व्यवस्थापन गरेको, बागमती प्रदेश प्रहरी अन्तर्गतका कार्यालयहरुको कार्य सम्पादनलाई योजनाबद्ध बनाउने लक्ष्य अनुरुप विभिन्न योजना, कार्ययोजना, कार्यविधि, अवधारणापत्र तथा मापदण्डहरु तयार गर्नेतर्फ उत्कृष्ट भूमिका निर्वाह गरेका थिए ।
प्रदेश प्रहरी कार्यालयमा नवनिर्मित बहुउद्देशीय भवन लगायतका संरचना स्थापनाको लागि स्रोत साधन व्यवस्थापन गर्नेतर्फ समेत व्यवस्थापकीय भूमिका निर्वाह गरेकाले थापालाई चैत महिनाको सर्बोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको छ प्रवक्ता मिरा चौधरीले जानकारी दिइन ।

Share this

प्रतिकृया

Add