समानान्तर समिति बनाउनेलाई कारबाही हुन्छः अध्यक्ष श्रेष्ठ

 बुधबार, बैशाख ८, २०७८ | onlinenews
Share this

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पार्टीको सांगठानिक पद्धति विपरीत समानान्तर समिति बनाउनेहरुलाई कारबाही गर्ने बताएका छन् । माधकुमार नेपाल–झलनाथ खनाल पक्षका नेता कार्यकर्ताहरुलाई लक्षित गरि केपी ओली पक्षका रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले समानान्तर समिति बनाउनेलाई कारबाही गर्ने घोषणा गरेका हुन् ।
रामेछाप जिल्लामा आपूmहरुको पक्षमा ९० प्रतिशत नेता कार्यकर्ताहरु रहेको भन्दै केपी ओली नेतृत्वको पार्टी नै नेकपा एमालेको आधिकारी पार्टी भएको दावि गरे । उनले भने– पार्टीको महाधिवेशन नभएको ९ वर्ष भइसकेको छ, जिल्ला समितिको कार्यावधि ३ वर्षको हुन्छ, ९ वर्ष पहिले चुनियाको जिल्ला समितिको कार्यावधि सकिएको आधारमा पार्टीको विधान अनुसार नयाँ समिति गठन गरिएको हो । नेकपा एमाले रामेछपको आधिकारिक अध्यक्ष मनै हुुँ श्रेष्ठले भने ।
बुधबार मन्थलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । लोकतान्त्रिक पद्धतिको विरुद्धमा, जनताको बहुदलीय जनवादको मूल्य मान्यतालाई तहसनहस गरेर सिङ्गो एमाले पार्टीलाई कमजोर बनाउने गरी नेपाल पक्षले सांगठानिक पद्धति विरुद्ध गतिविधि सञ्चालन गरेको भन्दै समानान्तर समिति गठन गरेमा उनीहरुमाथि पार्टीले कारबाही गर्ने बताए ।
नेपाल समूहले बिहीबार आयोजना गर्न लागेको बैठकमा सहभागि नहुन पनि नेता तथा कार्यकर्तालाई श्रेष्ठले आग्रह गरे । नेपाल समूहले बोलाएको बैठकमा सूर्य चिन्हबाट निर्वाचित भएका जनप्रतिनिधिहरु सहभागि भएमा उनीहरुलाई पदिय कारबाही समेत गर्ने उनले चेतावनी दिए ।
नेकपा एमाले वागमती प्रदेशका सह–इञ्चार्ज काशीराम अधिकारी र बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोख्रेलको उपस्थितिमा वैशाख १३ गते नेकपा एमाले रामेछापको आधिकारिक बैठक हुने बताए । त्यस बैठकमा उपस्थित हुन पनि उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बिहीबार बिहान मन्थलीस्थित तीनलाल पार्कमा शुभकामना सन्देश आदानप्रदान कार्यक्रम आयोजना गरिएको जानकारी दिंदै नेता श्रेष्ठले कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गरेका छन् ।

Share this

प्रतिकृया

Add