नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप– काठमाडौं उपत्यका सहितका तीन जिल्लामा सरकारले लकडाउन गर्ने घोषणा गरेसँगै दुई दिनमै १३ हजारभन्दा बढी मानिस रामेछापमा भित्रिएका छन् । मंगलबार र बुधबार गरी दुई दिनमा उपत्यकासहित अन्य विभिन्न स्थानबाट जिल्लामा १३ हजार ८९२ जना भित्रिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार सेलेघाट नाकाबाट बस, सुमो, माइक्रो लगायतका २ सय ३४ वटा सवारी साधन मार्फत पाँच हजार ९ सय २५ जना र बुधबार ३ सय ११ वटा सवारी साधबाट सात हजार ९ सय ६७ जना मानिस रामेछाप भित्रिएको हुन् ।
पछिल्लो समय सेलेघाट, सित्खा र लुभुघाट लगायतका प्रवेशद्धारबाट जिल्लामा भित्रिने सवारी र यात्रुको चाप अत्याधिक रुपमा बढेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए ।
मन्थली प्रवेश गर्ने नाका सेलेघाटबाट बुधबार १ सय ५ वटा बस, १ सय १० वटा सूमो, ६५ वटा माइक्रो लगायतका सवारी साधन भित्रिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । लुभुघाट नाकाबाट पाँच वटा बस, ६ वटा सुमो र सित्खा नाकाबाट ६ वटा बस, १२ वटा ट्याक्सी भित्रिएका छन । मंगलबार सेलेघाट नाकाबाट ६३ वटा बस, ५५ वटा माइक्रो, ९९ वटा सूमो भित्रिएका थिए भने सित्खा नाकाबाट ४ वटा बस, ६ वटा ट्याक्सी जिल्ला भित्रिएका थिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार लुभुघाट नाकाबाट ४ वटा बस र तीन वटा सूमो भित्रिएका थिए । यसअघि जिल्लामा ३५ वटा बस, २५ वटा माइक्रो र ८ वटा सुमो गरी जम्मा ६८ वटा सवारी साधनहरु दैनिक रुपमा जिल्ला भित्रिने गरेका थिए । सरकारले सवारी चालक, सहचालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताए पनि उनीहरुले स्वास्थ्य मापदण्डको खासै ख्याल नगरेको पाइएको छ ।
साथै बसमा सवार यात्रुबीचको भौतिक दुरी कायम समेत नभएको देखिएको थियो । बसमा सिट क्षमताभन्दा बढी यात्रुहरु खचाखच गरि आएका थिए ।