जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ

 शुक्रबार, बैशाख ३१, २०७८ | onlinenews
Share this

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले जवजस्ती करणीको आरोपमा मन्थली नगरपालिकाका दुई युवकलाई पक्राउ गरेको छ । मन्थली नगरपालिका–६ सिमपानीका ३१ वर्षीय मोहन श्रेष्ठलाई शुक्रबार बिहान करिब साँढे ११ः०० बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
कोही नभएको मौका छोपी निजले आफूमाथि जबरजस्ती करणी गरेको भनी पीडित १६ वर्षीय किशोरीले दिएको लिखित जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशङ्कर श्रेष्ठले जानकारी दिए । अभियुक्त श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि अनुसन्धान पक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसैबीच साविकको फुलासी गाविस वडा नंम्बर २ घर भई हाल मन्थली नगरपालिका–१३ बस्ने २२ वर्षीय सागर भनिने रामबहादुर सुनुवारलाई पनि बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारीा दिए ।
बन्धक बनाएर डर, धम्की देखाई पटक–पटक आफूमाथि बलात्कार गरेको भनि पीडित १४ वर्षीया बालिकाले दिएको लिखित जाहेरीको आधारमा सुनुवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनुवारलाई पनि जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share this

प्रतिकृया

Add