नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार नाध्यो

 सोमवार, जेष्ठ ३, २०७८ | onlinenews
Share this

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको कुल संख्या ५ हजार १ पुगेको छ । वितेको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ४५ जनाको मृत्यु भएको छ । यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार १ पुगेको हो । तीमध्ये एक हजार ९ सय ६९ जनाको मृत्युे डेढ महिनाको अवधिमा भएको हो ।
कोरोनाको पहिलो लहरमा प्रायजसो बृद्धबृद्धाको मृत्यु भएको थयो तगर दोस्रो लहर सुरु भएपछि भने युवा तथा बालबालिकाले पनि ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दोस्रो लहरमा मृत्युको संख्यामा पनि निकै बृद्धि भएको छ ।
२४ घण्टाको परीक्षण भएका १९ हजार ८ सय ८३ नमुनामध्ये ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ हजार ५ सय ६९ संक्रमित थपिएका छन् । निषेधाज्ञाको प्रभावका कारण काठमाडौं उपत्यका र केही मुख्य सहरमा संक्रमण दर घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
आइतबार साँझासम्म नेपालमा कुल संक्रमित संख्या ४ लाख ५५ हजार २० पुगेको छ । हाल देशभरिमा १ लाख १० हजार २ सय ६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

Share this

प्रतिकृया

Add